प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१०-२२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १७ शहरी स्वास्थ्य केन्द्र फिस्टेल एकेडेमी बिरौटा नजिकै महतगौडाबाट पोखरा तर्फ आउदै गरेको ग१७प १२९९ नं.को मो.सा. र बिपरित दिशा तर्फ जादै गरेको ग१२प ४०२९ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न;-

१.ग१७प १२९९ नं.को मो.सा. चालक जिल्ला मुस्ताङ थासाङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ महतगौडा बस्ने वर्ष २४ को सैलेश शेरचन, अवस्था सामान्य ।

२.ग१२प ४०२९ नं.को मो.सा. चालक जिल्ला चितवन माडी घर भई हाल जिल्ला कास्की पोखरा ९ न्युरोड बस्ने वर्ष ३२ को उमेश चौधरी, अवस्था बोल्न नसक्ने सिरियस ।

३.सोही मो.सा.पछाडी सवार जिल्ला बारा कलैया बेलटारी घर भई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष २२ को चन्द्रिका बैठ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।