प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्कीः सवारी दुर्घटना

२०७८-१०-०६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स अगाडी दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग१ख ४२४३ नं.को बसको सहचालक जिल्ला तनहुँ भिमाद बस्ने वर्ष २२ को अमृत नेपाली अचानक सोहि गाडीको ढोकाबाट खस्न गई घाईते भई उपचारको लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाईएको, अवस्था मध्यम, बस प्रहरीको नियन्त्रणमा र चालक उपचारमा संलग्न रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।