पर्वतः बसले ठक्कर दिँदा मो.सा.चालकको मृत्यु
२०७८-१०-०३
- A
- A-
- A+
माघ ३, जिल्ला पर्वत मोदी गा.पा.५ अम्बोट स्थित
पोखरा-बाग्लुङ सडक खण्डमा ग. ६ प ५५७३ नं.को मो.सा.लाई ग. २ ख १०१३ नं.को बसले
ठक्कर दिँदा मो.सा.चालक जि.पर्बत माहाशिला गा.पा.२ भोक्सीङ बस्ने वर्ष ३८ को
प्रितम गुरुङ गम्भीर घाईते भई जिल्ला अस्पताल पर्बतमा उपचार भईरहेकोमा उपचारको
क्रममा मृत्यु भएको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।