प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाईते

२०७८-०८-२९

  • A
  • A-
  • A+
Share

मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.२ डाँडाजोर स्थित लु. ४ त ४९७० नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने वर्ष १२ को बिपिन बि.क. गम्भीर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । ट्याक्टर चालक जि.नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गा.पा.२ बस्ने बर्ष १८ को सागर बि.क. पनि घाईते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।