नवलपरासी (पूर्व): ट्रकले अटोलाई ठक्कर दिँदा ४ जना घाईते
२०७८-०८-२९
- A
- A-
- A+
मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६
मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर
दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार
भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास
भईरहेको ।
निम्नः-
१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने
वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।
२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी
बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।
३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा
गुरुङ, अवस्था गम्भिर ।
४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।