प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रण

२०७८-०८-०९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ३२ मझुवा स्थितमा खटिएको प्रहरी चेकिङ टोलीले काठ्माण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग१ख ८८११ नं.को बसलाई रोकी उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष २६ को गोपी नेपालीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले बोकेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको अन्दाजी ३ के.जी. गाँजा फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।