अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२७
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंका प्रशिक्षक प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा देश दर्शन तथा अवलोकन भ्रमणको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीको सांगठनिक संरचना, व्यावसायिक प्रहरी सेवा प्रवाह, गण्डकी प्रदेशको समग्र अपराधको अवस्था र सुरक्षा व्यवस्थापन लगायत भौगोलिक अवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।