प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : बागलुङ

२०८२-०८-०७

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बडीगार्ड गा.पा.५ डाँग बस्ने हरि प्रसाद घिमिरेको घरमा अदिया गरी बस्ने वर्ष ४० को चन्दन घर्तीको भैँसी, बाख्रा बाधेको गोठमा भैँसीलाई कुडो पकाउने क्रममा आगो सल्किन गई आगोलागी हुँदा गोठमा बाधेको ५ वटा बोका र ४ वटा बाख्रा जली मृत अवस्थामा रहेका, १ वटा भैँसी र १ वटा पाडो जली घाइते र आगो निभाउने क्रममा निज चन्दन घर्तीको दुबै हात, अनुहार र शरिरको पछाडी भाग जली घाइते भई उपचारको लागी गलकोट नगर अस्पताल बागलुङ ल्याएको, गोठ जली पुर्ण रुपमा नष्ट भएको, आगो नियन्त्रणमा आएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।