प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०७-२५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ बन्दीपुर गा.पा.४ नयाँपुल स्थित पृथ्बीराजमार्गमा बा २० च ९८४३ न को धान बोकेको बोलेरो चालकले नियन्त्रण गुमाई सडकमा पल्टन गई दुर्घटना हुदाँ बोलेरोमा सवार जिल्ला चितवन भरतपुर म.न.पा. २७ बस्ने वर्ष ४० को सुर्य बहादुर बोगटी घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएकोबोलेरो घटनास्थलमा रहेको उठाउने कार्य भइरहेकोबोलेरो चालक जिल्ला धादिङ निल्कन्ठ गा.पा. ८ बस्ने वर्ष २५ को शिव कुमार श्रेष्ठलाई केही नभएको , चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।