प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०५-०९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ झरौटा पृथ्वीराजमार्गमा ऐ. ७ भोटेपानी बाट दुलेगौडा तर्फ आउदै गरेको ग१४प १८६९ नं.को NS पल्सर मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकको वायाँ साइडमा पल्टना जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ भिमाद न.पा.८ बस्ने वर्ष २९ को बल बहादुर आले र पछाडि सवार जिल्ला गुल्मी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ दुलेगौडा रिमाल हार्डवयरमा काम गर्ने वर्ष २६ को बविन खासु मगर घाइते भई उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पाठाइएको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।