प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : स्याङ्जा

२०८२-०४-१३

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा गल्याङ न.पा. १ राम्दि स्थित सिद्धार्थ राजमार्गमा राम्दिबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना५ख ६९४७ नं.को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला न.प.(पूर्व) विनयत्रिवेणी गा.पा. ७ शिवपुर बस्ने वर्ष ३१ को कृष्ण बहादुर रानाको साथबाट वारेक्स १० पिस, ड्रामाडोल ९६ ट्याब्लेट, नाईट्रोभेट ६० ट्याब्लेट, डाईजेपाप ५९ एमपुल, नोर्फिन ५९ एमपुल, फेनारागन ५९ एमपुल, निडल १ थान लागू औषध फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।