प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: भिरबाट लडी मृत्यु

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

कार्तिक १५, जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको UP76SL 2510 नं.को कारमा सवार ५ जना मध्ये भारत उत्तर प्रदेश बस्ने वर्ष २७ को शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।