प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थित पृथ्वी राजमार्गमा पोखराबाट तनहुँ तर्फ जाँदै गरेको ग १० प ४९९२ न.को मोटरसाइकल सोही सडकको बाँया तर्फ रोकी रहेको ग १ क ४२०४ न.को टिपर (ढुँङ्गा लोड गरेको) पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी न.पा.१ बस्ने वर्ष ३१ को भिम बहादुर बि.क. घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको र मृत घोषणा गरिएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको, टिपर चालक सम्पर्कमा नरहेको, अन्य अवस्था सामान्य रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।