प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा : कास्की

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-१७ वरकोबोट स्थित बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८८०९ नं. EV भ्यानमा सवार यात्रुले लागुऔषध ल्याउदै गरेको भनि गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट  खटिएको प्रहरी टोली र जिप्रका कास्की बाट खटिएको प्रहरीले उक्त भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा सवार जिल्ला म्याग्दी घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष २६ की एलिना पुनले बोकेको कालो ब्यागमा बुर्फिन १४४ एम्पुल, फेनरागन १४२ एम्पुल, डाईजापाम १४३ एम्पुल गरि जम्मा ४२९ एम्पुल लागुऔषध सहित निज संग साथमा रहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक बस्ने वर्ष ४१ को सन्तोष गुरुङ र जिल्ला कास्की अन्नपूर्ण गा.पा. घर भई हाल पोखरा २ मिरुवा बस्ने वर्ष ३१ को सुजन गुरुङ लाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।