प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मुस्ताङ

२०८१-०७-२३

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ थासाङ गा.पा.२ न्याउरिकोट स्थित ग १ य १२३२ नं.को पर्यटक स्कारपियो सवारी चालक जिल्ला कास्की पोखरा म.न.पा.३१ बेगनास बस्ने वर्ष ५० को सुवास सुनारले पार्कीङ गरी राख्ने क्रममा अचानक ब्रेक फेल भइ सडक भन्दा २ मिटर तल खस्न गई सल्लाको रुखमा ठक्कर खाँदा सवारी साधनको अगाडीको भागमा सामान्य क्षति भएको, मानवीय क्षति नभएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, सवारी साधनलाई ट्याक्टरको सहायताले निकाली सुरक्षित स्थानमा साइड लगाएर राखेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।