प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : जिल्ला मुस्ताङ

२०८१-०७-०६

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ लोमान्थाङ गाउँपालिका १ बोक्थान स्थित कोरोला नाका तर्फबाट जोमसोमतर्फ आउँदै गरेको बा.प्र.०६-००४ प ३३५८ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालीका १२ आस्थाचोक बस्ने वर्ष १९ को लविन थापा,टाउकोमा चोट अवस्था सिरियस, पछाडि सवार जिल्ला नवलपरासी (पुर्व) विनयी त्रिवेणी गाउपालिका ३ उदयटाडी सर्दि बस्ने वर्ष २४ को राजेश पंगेनी बायाँ हातमा चोट अवस्था मध्यम रहेको दुवै जना घाईतेलाई जिल्ला अस्पताल जोमसोम मुस्ताङमा उपचार भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।