प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८१-०५-१२

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसिशहर न.पा. ८ झाक्रिचोक स्थितमा बसपार्कबाट सेरा चोक तर्फ आउदै गरेको ग १ ज ७५६१ न. को वोलेरो जिपले बिपरित दिशाबाट जादै गरेको ग २१ प ५९४२ न. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला लमजुङ बेसिशहर न.पा.३ बस्ने बर्ष १६ को सुजन मगर र मोटरसाइकलमा पछाडी सवार ऐ. ८ बस्ने बर्ष १६ को अवि गुरुङ घाईते भई उपचारको लागि लमजुङ अस्पताल लमजुङ पठाईएको, चालक सुजन मगरको चिउडो र घुडामा चोट लागेको र मोटरसाइकलमा पछाडी सवार अवि गुरुङको वाँया गोडा फ्याक्चर भएको,घुडामा चोट लागेको, दुबै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।