Police Office
२०८१-०३-१७
जिल्ला कास्की पोखरा म.न.पा. १७ ड्यामसाईड जर्मन बेकरी अगाडी ग१८प ३७५२ नं.को मोटरसाइकलले पैदलयात्री देश भारत वतन भएको वर्ष ७५ को उदित प्रधानलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, टाउको र नाकमा चोट लागेको, मोटरसाइकल चालक र मोटरसाइकल जिल्ला कास्की पोखरा म.न.पा.१७ छोरेपाटन बस्ने वर्ष २४ को एलिक परियार प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा. २ प्रोवी स्थित भित्री सडक खण्डमा सम्जेबाट प्रोबी तर्फ जाँदै गरेको सुपर खुदी हाईड्रोपावर कम्पनि लिमिटेडको ग १ त ६३२३ न.को ट्याक्टर चालकले नियन्त्रण गुमाई सडक देखि १०० मिटर तल भिरमा खस्न जाँदा ट्याक्टर चालक जिल्ला लमजुङ दोर्दी गा.पा. २ अर्चलबोट घर भई सोहि कम्पनिमा काम गर्ने वर्ष २१ को अनिल सुनार घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाइएको, टाउको,दाहिने कान र दाहिने हातमा चोट लागेको ।
जिल्ला तनहुँ ब्यास न.पा.२ भोर्लेटारचोक स्थित रोयल पार्टी प्यालेसबाट ग १० प ९९२६ नं.को स्कुटर रोडमा निस्कने क्रममा चालक ऐ.४ बेदब्यास टोल बस्ने बर्ष ६५ को श्री भद्र न्यौपानेले नियन्त्रण गुमाई स्कुटर सहित नालीमा खस्न जाँदा निजको बाँया खुट्टाको गोलीगाँठामा चोट लागि उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याएकोमा थप उपचारको लागी १२:०० बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर भएको ।
जिल्ला लमजुङ बेसिशहर न.पा.७ हाइस्कुलचोकमा घलेगाउँ चोकबाट मनाङ चौतारा तर्फ जाँदै गरेको बा९३प २९२७ नं.को स्कुटरले पैदल यात्री जिल्ला मनाङ घर भई हाल बेसिशहर न.पा.७ हाइस्कुलचोक बस्ने मन माया बि.क.को छोरा वर्ष ८ को डेबिट बि.क.लाई ठक्कर दिदाँ घाइते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २२:२५ बजे नयाँ मेडिकल कलेज चितवन रिफर भएको, घाइतेको वायाँ खुट्टामा चोट लागेको ।
जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१७ फारम चोक स्थित पूर्व पश्चिम राजमार्गमा डब्लु आयल सप्लायर्स पेट्रोल पम्पबाट चितवन तर्फ जाँदै गरेको ग ३ च ७८४० नं.को स्कारपियोले गैडाकोटबाट रजहर तर्फ आउँदै गरेको UP320U5290 नं.को मोटरसाइकललाई ट्रनिङ लिने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक देश भारत लखनाउ बस्ने बर्ष ३६ को कुमार कसाईको दाहिने खुट्टामा चोट लागि उपचारको लागि एलाईभ अस्पतालमा पठाएको, मोटरसाइकल र स्कारपियो चालक जिल्ला न.प. पूर्व जिल्ला गोरखा पालुङटार न.पा.७ बस्ने बर्ष २४ को प्रकास श्रेष्ठ नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा १९ पुरनचौर स्थित ऐ. बस्ने वर्ष ५५ को देव बहादुर सुनारको १०० भारी परालको टौवामा अचानक आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगई प्रहरी र स्थानियको सहयोगमा २२:२० बजे अगो पुर्ण रूपमा नियन्त्रणमा लिएको, अन्य मानविय तथा पशु चौपायको क्षति नभएको ।