प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला मुस्ताङ : झुण्डी मृत्यु

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा. १ रानीपौवा बस्ने बल प्रसाद बि.क.को छोरी वर्ष २१ की बिमला बि.क. जिल्ला मुस्ताङ स्थित आफ्नै घरदेखि ५०० मिटर टाढा रहेको भारतीय धर्मशालाको कोठामा रहेको मिटर बक्सको तारले पासो लगाई झुण्डिएको अवस्थामा निजको बहिनी सबिना बि.क. र पझोङ गा.पा. ५ बस्ने वर्ष २४ रोहन बि.क.ले देखि तत्काल पासो खोलि हेर्दा मृत्यु भईसकेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको,शव पासो खोलिएको अवस्थामा भुईमा रहेको, थप अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।