प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला नवलपरासी (पूर्व) : सवारी दुर्घट्ना

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा.५ सान्डाडा स्थित सान्डाडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्याक्टरमा सवार बस्ने वर्ष १८ की बिरमाया सारू सोही ट्याक्टरको मोटरगार्डबाट खसी ट्याक्टरको पछाडिको चक्काले किच्न जाँदा घट्ना स्थलमानै मृत्यु भएको,ट्याक्टर साहु  वर्ष २८ को रिनेश गुरुङ सम्पर्कमा,ट्याक्टर घट्ना स्थलमा चालक फरार खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।