प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १ जना घाईते

२०७८-०६-२५

  • A
  • A-
  • A+
Share

असोज २५, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका- १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खस्न गई दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको, मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ काठमाण् महानगरपालिका-३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, ऐ.बस्ने वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् । १ जना घाईते भएको, उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।