प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मुस्ताङ

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गा.पा.३ छुसाङ स्थित होटल ग्राण्ड सम्बला नजिकै ताङवेबाट कोरोला नाकासम्म साईकलिङ गर्ने क्रममा जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.१६ नयाँबजार बस्ने वर्ष १६ को सरोज डंगोलले चलाएको साईकल ओभर स्पिडको कारण पल्टन गई दुर्घटना हुँदा साईकल चालक घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम ल्याई चेकजाँच गराउदा चिकित्सकले निजको घुडा माथि को भागमा फ्याक्चर भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।