मिति २०७९।१०।२३ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले मानव सेवा आश्रम पोखरामा भवन निर्माण गर्ने उदेश्यले आयोजना गरेको ज्ञानविज्ञान महायज्ञ (सप्ताहा) मा आर्थिक रु ३०,५००।- (तिस हजार पाँच सय) सहयोग गरेको ।
मिति २०७९।१२।१२ गते नेपाल प्रहरी प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले व्यवसायिक सिप मुलक तालिम संचालन गर्नको लागी वहाल वाला प्रहरी कर्मचारीहरुका परिवारलाई लक्षित गरि सिलाई कटाई तालिम संचालन गरेको ।
मिति २०८०।०१।१३ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले व्यववसायिक सिप मुलक तालिम संचालन गर्नको लागि वहाल वाला प्रहरी कर्मचारीहरुका परिवारलाई लक्षित गरि व्युटिसियन तालिम संचालन गरेको ।
मिति २०८०।०३।२९ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले अमर प्रहरी परिवार तथा वहालवाला प्रहरी परिवारका सन्ततिहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको ।
मिति २०८०।०४।०२ गते जिल्ला कास्की पो.म.न.पा. ६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसरमा समुदाय सर-सफाई कार्यक्रम गरिएको ।
मिति २०८०।०४।२५ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौको ३९ औं वार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको ।
मिति २०८०।०४।२८ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौको ३९ औं वार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरिएको ।
मिति २०८०।०५।११ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पो.म.न.पा.१७ छोरेपाटन स्थित मानव सेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण कार्यक्रम गरिएको ।
मिति २०८०।०५।१२ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पो.म.न.पा.६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसरमा समुदाय सर-सफाई कार्यक्रम गरिएको ।
मिति २०८०।०५।१३ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले संचालन गरेको सिपमुलक शौन्दर्यकला र सिलाईकटाई तालिम समापन कार्यक्रम गरिएको ।
मिति २०८०।०५।१८ गते बिहान नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेश तालिम केन्द्र पोखराको परिसरमा वृक्षारोपण कार्यक्रम गरेको ।
मिति २०८०।०५।२१ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पो.म.न.पा.२६ शिशुवा आदर्श चोक स्थित बस्ने प्रहरी सहायक हवल्दार भोपेन्द्र बि.क. को श्रीमती यस संघकी सद्सय सबिना परियार स्तन क्यान्सर भई उपचार गराई रहेको हुँदा निज लाई आर्थिक रु ३०,५००।- (तिस हजार पाँच सय) यस संघकी अध्यक्ष अनिता गुरुङ लगायत पदाधिकारीहरु समेत निज सबिना परियारको घरमा गई सहयोग गरेको ।
मिति २०८०।०७।१२ गते बिहान नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा परिसरमा वृक्षारोपण कार्यक्रम गरेको ।
मिति २०८०।०७।१२ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पो.म.न.पा. ६ बैदाम स्थित तालबाराही मन्दिरमा सन्ध्या आरति कार्यक्रममा सरिक भई आर्थिक सहयोग गरेको ।
मिति २०८०।०७।२० गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पो.म.न.पा. १३ भद्रकाली स्थित रहेको भद्रकाली मन्दिर परिसर सरसफाई कार्यक्रम गरेको ।
मिति २०८०।०७।२१ गते महिला सिप विकास संस्थामा संलग्न श्रमिक महिलाहरुलाई लक्षित गरी गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको सह-आयोजना एवं नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा आयोजित एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको ।
मिति २०८०।०७।२७ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेश प्रहरी गणमा दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम गरेको ।
मिति २०८०।०८।२४ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले जिल्ला स्याङ्जा फेदीखोला गाउपालिका १ स्थित अमोर सेवा नेपाल बाल गृहमा खाद्यान्न तथा आर्थिक सहयोग गरिएको ।
मिति २०८०।०८।२७ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पोखरा महानगरपालिका-१७ छोरेपाटन स्थित मानव सेवा आश्रममा लताकपडा तथा फलफुल वितरण कार्यक्रम गरिएको ।
मिति २०८०।०९।०५ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँमा सेनेटरी प्याड ब्यान्डिङ मेसिन र सेनेटरी प्याड हस्तान्तरण कार्यक्रम गरेको ।
मिति २०८०।०९।०६ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले तनहुँ स्थित ढोरबराही मन्दिर परिसर सरसफाई कार्यक्रम गरेको ।
मिति २०८०।०९।११ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पोखरा महानगरपालिका १९ लामाचौर स्थित अकालादेवी मन्दिर परिसर सरसफाई कार्यक्रम गरिएको ।
मिति २०८०।०९।१२ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले बाल सुधार गृह सराङ्गकोट कास्कीमा न्यानो कपडा (डसना २० थान, ब्लाङ्केट २० थान) र स्टेसनरी सामग्री (२० दर्जन कपि, १५ दर्जन कलम ) हस्तान्तरण कार्यक्रम गरिएको ।
मिति २०८०।०९।१७ गते नेपा प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले जि.प्र.का. कास्कीमा सडक अथवा विभिन्न घटनाहरुबाट उद्दार गरिएका महिलाहरुलाई लगाउनको कपडा हस्तान्तरण कार्यक्रम गरिएको ।
मिति २०८०।०९।२२ गते नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूलाई नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष श्रीमती अनिता गुरुङ लगायत अन्य पदाधिकारीहरुले संघको कार्यालयमा स्वागत कार्यक्रम गरेको । साथै उहाको अध्यक्षतामा पोखरा १४ वात्स्यायन वृद्दाश्रम वाछिबुडुवामा न्यानो कपडा तथा खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरिएको ।
मिति २०८०।१०।०९ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा बितरण गरिएको ।
मिति २०८०/१०/२० गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको ।
मिति २०८०/१०/२० गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना एवं गण्डकी प्रदेश प्रहरी अस्पताल को प्रविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी कर्मचारीलाइ निःशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन्न भएको।
मिति २०८०/११/०५ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना एवं गण्डकी प्रदेश प्रहरी अस्पताल को प्रविधिक सहयोगमा जिल्ला स्याङजा चापाकोट न.पा. वडा नं. ८ खोरियाघाटमा अवस्थित माझी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर तथा कम्वल वितरण कार्यक्रम सम्पन्न भएको।
मिति २०८०/११/१० गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा जिल्ला बागलुङ बा.न.पा. २ स्थित मानव सेवा आश्रममा रहेका वालवालिका तथा वृद्धवृद्धाहरूलाई तथा शैक्षिक सामाग्री तथा खाद्यान्न हस्तान्नतरण कार्यक्रम सम्पन्न भएको।
मिति २०८०/११/२२ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा जिल्ला कास्की पो.म.न.पा. ६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरिएको ।
मिति २०८०/११/२३ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रसुती वार्डमा रहेका ६७ जना सुत्केरी महिला दिदीबहिनीहरुलाई पौष्टिक खाद्दान्न सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको ।
मिति २०८०/११/२४ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले नेपाल प्रहरीमा कार्यारत गर्भवती महिला दिदीवहिनीहरूलाई दही चिउरा खुवाउने कार्यक्रम गरियो साथै सोही दिनमा गण्डकी प्रदेश भरिबाट उत्कृष्ट महिला प्रहरी छनौट गर्दा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यारत प्रहरी जवान लालु माया खत्री उत्कृष्ट छनौट भएको हुँदा निजलाई प्रशंसा पत्र साथै नगद पुरस्कारले सम्मान गरियो ।
मिति २०८०/११/२५ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल प्राविधिक सहयोगमा जिल्ला लम्जुङ करापुटारमा अवस्थित इशानेश्वर मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई नि:शुल्क पिउने पानी साथै प्राथमिक स्वास्थ्य सेवा प्रदान गरियो ।
मिति २०८१/०२/११ गते पर्यटन तथा उद्योग कार्यालय कास्कीको आयोजना र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको सहकार्य तथ गुरुङ ब्यूटिपार्लर एण्ड एकेडेमी पोखराको सहयोगमा "१ महिना एडभान्स ब्यूटिसियन तालिम: को उद्धाटन गरिएको छ ।
मिति २०८१।०३।०५ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरालको आयोजनामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह र संघका पदाधिकारीज्युहरु जिल्ला मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाँउपालीका वडा नं.५ साङता भन्ने स्थानमा गई १३ घर परिवारलाई १५ थान फाइवर सिकर, नि:शुल्क स्वास्थ्य शिविर औषधी वितरण र सोही ठाँउमा रहेको समाज घरमा जस्ता पाता हस्तान्तरण कार्यक्रम गरेको ।
मिति २०८१/०३/१० गते पर्यटन तथा उद्योग कार्यालय कास्कीको आयोजना र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको सहकार्य तथा गुरुङ ब्यूटिपार्लर एण्ड एकेडेमी पोखराको सहयोगमा "१ महिना एडभान्स ब्यूटिसियन तालिम समापन गरिएको छ ।
मिति २०८१।०३।२७ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा परिसरमा वृक्षारोपण कार्यक्रम गरेको उक्त कार्यक्रममा प्र.म.नि.बसन्त बहादुर कुँवर, संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर,प्र.अ.म.नि.सुदिप गिरी, प्र.अ.म.नि.भिम प्रसाद ढकाल,प्र.ना.म.नि.दुर्गा सिंह तथा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीज्यूहरुको उपस्थितिमा कार्यक्रम गरेको ।
मिति २०८१।०३।२८ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीज्युहरुको उपस्थितीमा बाल सुधार गृह सराङकोट कास्कीमा नि:शुल्क स्वास्थ्य शिविर तथा फलफूल कार्यक्रम गरेको ।
मिति २०८१।०४।२४ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले संघको ४०औ वार्षिकोत्सव अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीज्युहरुको उपस्थितीमा जिल्ला कारागार कास्कीमा रहेका महिला कैदीहरुलाई राहत सामाग्री ( कम्बोड सेट स्टयाण्ड पंखा,वल्व होल्डर, तार, सेनेटरी प्याड) हस्तान्तरण र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुखको कार्य कक्षमा कक्षा (10 +2) को बोर्ड परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने गण्डकी प्रदेशका २ जना निद्यार्थीलाई मायाको चिनो,प्रशंसा पत्र,police Mirror,शुन्यकोमुल्य नामक किताव र नगद सहित खादा लगाई सम्मान कार्यक्रम सम्पन्न गरेको ।
२०८१।०४।२६ गते नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४० औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेश प्रहरी अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम गतेको ।
२०८१।०४।२८ गते नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४० औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पोखरा ६ बैदाम स्थित केदारेश्वर मन्दिरमा सन्ध्या आरती कार्यक्रम गतेको । ।
मिति २०८१।०४।३० गते नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४० औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पोखरा ८ न्युरोड स्थित खुल्ला रक्तदान कार्यक्रम गतेको । ।
२०८१।०५।२१ गते नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४० औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले पोखरा ६ बैदाम स्थित केदारेश्वर मन्दिरमा पाल्नुहुने भक्तजनहरुलाई पिउने पानी वितरण तथा नि:शुल्क स्वास्थ्य शिवि कार्यक्रम गरेको ।
२०८१।०८।२० गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा पोखरा वृद्धाआश्रम सीतापाइला पोखरा-१७ मा न्यानो कपडा, खाद्यान्न र फलफूल वितरण कार्यक्रम गरिएको ।
२०८१।०९।२६ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंकको सहयोगमा नेपाल स्कुल बेलचौतारा तनहुँमा प्रविधि युक्त शिक्षाको लागि संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा संघकी सचिव(प्रशासन) अनिता गुरुङ, गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावल, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष श्रीमती निला थापा लगायत संघका कार्यसमिती पदाधिकारी, विद्यालयका सहायक प्राचार्य दिल बहादुर रानाभाट, प्रहरी कर्मचारी, अभिभावक, शिकक्ष शिक्षीका तथा विद्यार्थि भाइवहिनीहरुको उपस्थितीमा २ ( दुई) थान स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रम गरिएको ।
२०८१।०९।२६ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा तथा नेपाल प्रहरी श्रीमती संघ पोखराकी अध्यक्ष श्रीमती निला थापा लगायत संघका कार्यसमितिका पदअधिकारीहरुको उपस्थितीमा पोखरा महानगरपालिका ६ बुलौदी स्थित कोपिला नेपाल संस्थामा रहेका हिंसा तथा र्दुव्यवारमा परेका शारिरीक र मानसिक रुपमा भिन्न क्षमता भएका महिला बालबालिहरुका लागि लामो समय देखि काम गर्दै आएकी कोपिला नेपाल संस्थाकी अध्यक्ष विन्दु कुमारी सिलवाललाई खाद्यन्न सहयोग कार्यक्रम गरिएको ।
२०८१।०९।२६ गते नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंककी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा तथा नेपाल प्रहरी श्रीमती संघ पोखराकी अध्यक्ष श्रीमती निला थापा, गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावल, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरिक्षक अन्नतराम शर्मा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्रमुख प्रहरी उपरिक्षक डा. अर्जुन प्रसाद डुम्रे लगायत संघका कार्यसमितिका पदअधिकारीहरु र प्रहरी कर्मचारीको उपस्थितीमा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा कार्यरत प्रहरी सहायक हवल्दार रामशरण तिवारीलाई आर्थिक सहयोग गरिएको ।