प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा - उद्देश्य

  *        दुरदृष्‍टी: (Vision)

नेपाल प्रहरी संगठनकै उदाहरणीय नमूना, पूर्ण तथा प्रतिष्ठित तालिम प्रदायक केन्द्रको रुपमा विकास गर्ने ।

 

*     ध्येय (Mission)

     नागरिकको सुरक्षाका क्षेत्रमा आईपर्न सक्ने विभिन्न चुनौतिहरुको सामना गर्न, समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम राखी अपराध नियन्त्रण र अनुसन्धान गर्न विभिन्न प्रकृतिका तालिमहरु प्रदान गर्नु ।

 

*     लक्ष्य (Goal)

      दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादन गर्न आधारभूत तालिमको माध्यमद्वारा ज्ञान र सिपको विकास गर्नेकार्यक्षमता अभिवृद्धि गर्न उन्नत एवं अनुशिक्षण तालिम प्रदान गरी जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न सक्ने अनुशासितकर्तव्यपरायण र जिम्मेवारी वहन गर्न सक्ने सक्षम एवं कुशल प्रहरी जनशक्तिको उत्पादन गर्ने ।

 

*     उद्देश्य (Objectives)

        गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको प्राथमिक उद्देश्य नेपाल प्रहरीलाई आईपर्ने चुनौती तथा जस्तोसुकै परिस्थितीमा समेत नागरीकको जीउ, ज्यान, सम्पत्ति र सुरक्षाका अन्य विषयवस्तुहरुका आवश्यकताको लागि प्रहरी कर्मचारीहरू तयार पार्नु हो; जसले साहसइमान्दारीतात्याग र जनताको सेवाको दृढ भावनाका साथ शान्ति र सुरक्षा कायम गर्न सक्षम हुन्छ । विशेष गरी यस केन्द्रले द्रुत रूपमा परिवर्तन भइरहेको सामाजिक र आर्थिक परिवेशमा जनताको आकांक्षाप्रति संवेदनशील भई मानव अधिकारको सम्मान गर्दै व्यवहारिक लचकता, कानूनी कठोरता सहित व्यावसायिकताको उच्चतम् मापदण्डहरूलाई सुढृण बनाउने प्रयास गर्नेछ ।

Ø ‘नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९’ अनुसार Training Need Assessment र प्रादेशिक स्तरमा रहेका प्रहरी ईकाइहरुमा आवश्यक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित तालिम क्यालेण्डर निर्माण, विकास र कार्यान्वयन,

Ø  निष्पक्षपारदर्शी र व्यावसायिक भर्ना र छनौट प्रक्रिया सञ्चालन,

Ø ‘नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९’को अक्षरस पालना,

Ø नव प्रवेशी प्रहरीहरुमा व्यावसायिक ज्ञानसीप र क्षमता अभिवृद्धि गराई समयानुकुल दक्ष जनशक्तिको उत्पादन,

Ø प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको व्यक्तित्वआत्मनिर्भरता र व्यावसायिकताको विकासको लागि अतिरिक्त क्रियाकलापहरू सञ्चालन,

Ø यस तालिम केन्द्रलाई नेपाल प्रहरीमा सञ्चालन हुने तथा आवश्यकताको सिद्दान्त बमोजिम तालिम सम्बन्धि खोज, अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास,

Ø यस तालिम केन्द्रमा सञ्चालन गरिएका तालिमहरुको प्रभावकारितामा अध्ययन र विश्लेषण (Training Impact Analysis) 

Card image cap
Mukunda Marasini

Senior Superintendent of Police