प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा - परिचय

परिचय

                   २८ डिग्री १० मिनेट ३५ सेकेण्ड उत्तरी अक्षांश र ८४ डिग्री ० मिनेट ३१ सेकेण्ड पूर्वी देशान्तर , समुन्द्री सतह देखि ७८० मि उचाईमा, नेपालको गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्ला पोखरा म.न.पा.वडा नं १५ ढुंगेसाँघुमा अवस्थित यस तालिम केन्द्रको नाम गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र हो । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५।०२।२७ गतेको निर्णयले वि.स.२०७५ सालमा विधिवत रुपमा स्थापन भएको हो । कुल ७६८ रोपनी क्षेत्रफल ओगटेको यस तालिम केन्द्र निर्माणाधीन अवस्थामै रहेको छ । नेपाल प्रहरी संगठनको लक्ष्य अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने यस तालिम केन्द्रको प्रमुख जिम्मेवारी हो । यस केन्द्रमा २०७५।१०।२० गतेबाट प्र.स.नि  आधारभूत (अल्पकालिन) तालिमको प्रशिक्षण कार्य सुरुवात गरिएको हो । यस तालिम केन्द्रमा प्रहरी वरिष्ठ उपरीक्षक कार्यालय प्रमुख रहने गरी २०० जना प्रहरी कर्मचारीहरुको दरबन्दी कायम रहेको छ ।

        Google map from Satellite                                         

                                                                                        

                                             

  

Link:- https://maps.app.goo.gl/HPdRz72k4iMFQhVt6


   









Card image cap
Mukunda Marasini

Senior Superintendent of Police