प्रहरी कार्यालय
जिल्ला लमजुङ दोर्दी गा.पा.४ जितौरे स्थित किसेदी खोलामा बस्ने वर्ष २६ को बिकास गुरुङ र वर्ष २८ पन्जराम गुरुङ २ जना भई ३ बस्ने वर्ष ४७ को बिन बहादुदुर गुरुङको घरको धन्सारबाट बिजुलिको तार जोदि खोलामा माछा मार्ने क्रममा करेन्ट लागि मृत्यु भएको, शव घटना स्थलमा रहेको,पन्चराम गुरुङलाई केहि नभएको ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।
जिल्ला गोरखा आरुघाट गा.पा.६ ठुलो श्वारा स्थितमा रहेको चिलाउनेको रुखमा जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा.७ धारापानि बस्ने वर्ष ५६ को रेशम प्रसाद ढकाल प्लाष्टिकको डोरिको पासो लगाई झुण्डि मृत्यु भएको, निज मृतक मानिस मिति २०८१।०२।०२ गते बाट हराएको भनि प्र.चौ.घ्यामपेसाल गोरखामा हुलिया निवेदन परेको, खोजतलासको लागि हुलिया परिपत्र भएको, मृतकको घरमा श्रीमती छोरा बुहारी रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.७ राष्ट्रबैङ्क चोक स्थितमा ग१७ प १९५९ नं. को स्कुटर, ग २३ प ७७१७ नं. को स्कुटर र ग २४ प ८१४९ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ग २३ प ७७१७ नं. को स्कुटरमा पछाडी सवार ऐ.१७ बिरौटा बस्ने वर्ष ११ को क्रिसान्त के.सि. घाइते भई उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा पठाएको, टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आमा मञ्जु के.सि. संलग्न, तिनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा ६ लेकसाईड स्थित आम्बोटमा ग १७ प ६६ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा स्कुटरमा पछाडी सवार १७ बिरौटा बस्ने बर्ष ३९ को कृष्ण अधिकारी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको, मुखमा र बायाँ घुडाँमा चोट, अवस्था मध्यम, ४ जनाको टोली खटि गएको, स्कुटर व.प्र.का.बैदामको नियन्त्रणमा र स्कुटर चालक फरार, खोजतलास भई रहेको ।
जिल्ला गोरखा सिरानचोक गा.पा.५ डुम्रेश्वारा बस्ने हर्क ब. वि.क. को छोरा वर्ष ३३ को कृष्ण ब. वि.क आफ्नो घरको आफु सुत्ने कोठाको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त भएको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला गोरखा गोरखा न.पा.९ दलभंज्याङ बस्ने वर्ष ३५ को ईश्वर रोकाले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको पाईपमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरेहेको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ नाला स्थित पृथ्बि राजमार्गमा दमौलीबाट डुम्रे तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ५४७१ नं. को बलेरो चालकले नियन्त्रण गुमाई सडक छेउको नालामा पल्टिई दुर्घटना हुदाँ जिपमा सवार ५ जना मध्य ४ जना घाइते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेको चालक नियन्त्रणमा, सवारी साधन घटनास्थलमा रहेको ।
जिल्ला कास्की पोखरा २२ खाडेखोला स्थितमा बा २५ च ७६७५ नं.को कार र ग १ ज २१८१ नं. को ट्याक्सी एक आपसमा ठक्कर खाँदा कारमा सवार जिल्ला बाँके कोहलपुर न.पा.३ बस्ने वर्ष ३३ को प्रकाश थापा घाईते भई उपचारको लागी चरक अस्पताल ल्याएको,बाया हात फ्याक्चर भएको उपचारमा कार चालक उत्सव के.सी. संलग्न,दुबै सवारी साधन, ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको ।
देश भारत मध्य प्रदेश जिल्ला भुपालबाट भ्रमणको लागि मिति २०८१।०१।२६ गते जिल्ला कास्की पोखरा म.न.पा.६ लेकसाईड स्थित रुद्राक्ष होटलमा आई बसेको ४० जना भारतीय नागरिक मध्य वर्ष ६४ को अकलेश्वर गुप्ता अचानक बिरामी भई उपचारको लागि मिति २०८१।०१।२८ गते पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रमममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथमा निजको श्रीमती संतोष गुप्ता रहेको ।
जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।
जिल्ला कास्की रुपा गा.पा.५ बेतेनी स्थित दमौलीबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ८८०७ नं.को यात्रु सहितको बस चालकले नियन्त्रण गुमाई रोडको दायाँ तिर रहेको घरको कम्पाउन्डमा ठक्कर खान जाँदा बसमा सवार ३५ जना मध्य नाम, थर वतन नखुलेको १ जना सवार घाइते भई उपचारको लागि पोखरा तर्फ ल्याउँदै गरेको, बाटो अवरोध नभएको, बस घटनास्थलमा रहेको, अन्य यात्रु आ-आफ्नो गन्तव्यतिर लागेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१६ तल्लो दिप स्थित सेती नहरको ड्याममा जिल्ला कास्की पोखरा म.न.पा.१९ पुरानचौर घर भएकी वर्ष २७ की सोनीका आचार्य पानीमा मृत अवस्थामा रहेको, निजलाई पानीबाट बाहिर निकाली घटनास्थल मुचुल्का कार्य भइरहेको, साथमा निजको भाई भरत आचार्य ले सनाखत गरेको, निजको श्रीमान कामको सिलसिलामा अष्ट्रेलियामा रहेको, मृत्यु हुनुको कारण नखुलेको ।
जिल्ला कास्की पोखरा २२ कालावाङ्ग पाखा स्थित बस्ने वर्ष २४ को प्रदिप बि.क. आफ्नै टिनले छाएको २ तले कच्ची घरको माथिल्लो तलाको आफु सुत्ने कोठामा काठको बलोमा पासो लगाई झुण्डी मृत्यु भएको, आमा,बुबा,श्रीमतीसंग बस्दै आएको, प्रहरीद्वरा घटना सम्बन्धि थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.४ बिमलनगर स्थित पृथ्बि राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ग २ च ४७१६ न.को बलेरो र सोही दिशाबाट आउदै गरेको ग ७ प ४६०७ न.को मोटरसाइकल बलेरोसँग ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक वर्ष ४६ को त्रिभुवन थापा घाइते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेको निधारमा चोट,अबस्था मध्यम, दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.६ जरेवर स्थित ग ३ च ४४४६ नं.को कार र ग ११ प ७५३ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भई स्कुटर चालक १७ घारिपाटन बस्ने बर्ष ३५ को नवराज काफ्ले घाईते भई उपचारको लागी फेवासिटी अस्पताल ल्याएको, बायाँ खुट्टामा चोट, अवस्था मध्यम भएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ३० सातमुहाने पुल नजिकै तावाको मुखदेखी राजचौतारा तर्फ जाँदै गरेको ग १३ प ४१९६ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुन जाँदा मोटरसाइकल पछाडी सवार जिल्ला पर्वत महाशिला गा.पा.६ घन्तेरी बस्ने वर्ष २४ को प्रदिप सुनार घाईते भई उपचारको लागि २१ गते ०७:०० बजे गण्डकी मेडिकल कलेज लगिएको, टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम, बोल्न सक्ने, उपचारमा निजको साथी अमृत बि.क. रहेको ।
जिल्ला स्याङ्जा वालिङ न.पा.११ टापु बस्ने वर्ष ६७ की नन्द कुमारी तिवारी आफ्नै घरको छतको पिल्लरमा चुन्नीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको जानकारी प्राप्त भएको, कारण नखुलेको, साथै निजको २ छोरा ३ छोरी रहेको,श्रीमानमो मृत्यु भई सकेको, घरमा जेठी बुहारी र २ नाती बस्ने ,जेठो छोरा रोजगारीको क्रममा भारत मुम्बाई रहेको र कान्छो छोरा बुहारी वालिङ बजारमा बस्ने भन्ने बुझिएको ।
जिल्ला बागलुङ जैमिनि न.पा.७ दुमचौतारा बस्ने चन बहादुर नेपालीको छोरा वर्ष १८ को सागर नेपाली घरदेखि ६० मिटर उत्तर तर्फ रहको कुटमिरोको रुखमा नाम्लोको डोरीको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा निजकै बुबाले देखिको, झुण्डिनुको कारण नखुलेको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.१२ बेलाहानी बस्ने बर्ष ६०।६५ को तुल बहादुर कुमाल आफ्नै २ तले जस्ताले छाएको कच्ची घरको माथिल्लो तलाको कोठामा काठको बलोमा प्लास्टिकको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको साथै निजको श्रीमति बर्ष ५०।५५ की मिना कुमाल अर्को कोठाको विस्तारामा सुतिरहेकी मृत अवस्थामा टाउकोमा रगत जस्तो रातो तरल पदार्थ बगी जमेको अबस्थामा देखिएको, घरमा श्रीमान श्रीमती मात्र बस्ने भनि बुझीएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.३ सुलडाँडा रुम्टा बस्ने राजु पौडेलको श्रीमती बर्ष २६ की सुनिता पौडेल आफ्नै घरको आफू सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो घाटीमा लगाई झुण्डि मृत्यु भएको ,कारण नखुलेको,निजले डिप्रेशनको औषधि समेत सेवन गर्ने भन्ने बुझिएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पोखरा-१० इन्द्रचोक स्थितमा ग १६ प ४६७४ नं. को स्कुटर र ग २४ प ८२५६ नं. को स्कुटर एकआपसमा ठक्कर खाँदा ग २४ प ८२५६ नं. को स्कुटर चालक पोखरा-१४ कैलाश टोल बस्ने बर्ष १९ को सुवास कडेंल घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दायाँ हातमा चोट अवस्था मध्यम ।
जिल्ला कास्की अन्नपूर्ण गा.पा.२ ढिकुर पोखरी बस्ने वर्ष २७ की सुमित्रा भण्डारी आफू सुत्ने कोठा भित्र फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी ७ जनाको टोली खटि गई थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ शुक्लाण्डकी न.पा.१२ फिरफिरे स्थित मकै खोरे जङ्गलमा नाम,थर,वतन नखुलेको वर्ष अंदाजी ५० को पुरुष ब्याक्ति मृत अबस्थामा रहेको छ भन्ने खबर प्राप्त हुन साथ (SOCO) को सहित ७ जनाको टोली खटि गई घटना स्थलमा अनुशन्धान कार्य भईरहेको ।
मिति २०८१।०१।०८ गते १३:०० बजे जिल्ला न.प.(पूर्व) बौद्वीकाली गा.पा.३ थोत्रेनी बस्ने रेवत सारुको छोरी वर्ष १७ की लक्ष्मी सारु र वर्ष १४ की नरिना सारु घर नजिकैको धारामा नुहाउन गएको र हाल सम्म सम्पर्कमा नआएको भन्ने खबर ०९ गते ०७:०० बजे जानकारी प्राप्त हुनासाथ ५ जनाको टोली खटि गई खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको अवस्थामा र ऐ स्थित रहेको काली गण्डकीको किनारमा दुबै जनाको चप्पल र ३० रुपैया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको,निजहरुको खोजतलास कार्य भईरहेको ।