प्रहरी कार्यालय
जिल्ला लमजुङ दोर्दी गा.पा.४ जितौरे स्थित किसेदी खोलामा बस्ने वर्ष २६ को बिकास गुरुङ र वर्ष २८ पन्जराम गुरुङ २ जना भई ३ बस्ने वर्ष ४७ को बिन बहादुदुर गुरुङको घरको धन्सारबाट बिजुलिको तार जोदि खोलामा माछा मार्ने क्रममा करेन्ट लागि मृत्यु भएको, शव घटना स्थलमा रहेको,पन्चराम गुरुङलाई केहि नभएको ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।
जिल्ला गोरखा आरुघाट गा.पा.६ ठुलो श्वारा स्थितमा रहेको चिलाउनेको रुखमा जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा.७ धारापानि बस्ने वर्ष ५६ को रेशम प्रसाद ढकाल प्लाष्टिकको डोरिको पासो लगाई झुण्डि मृत्यु भएको, निज मृतक मानिस मिति २०८१।०२।०२ गते बाट हराएको भनि प्र.चौ.घ्यामपेसाल गोरखामा हुलिया निवेदन परेको, खोजतलासको लागि हुलिया परिपत्र भएको, मृतकको घरमा श्रीमती छोरा बुहारी रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.७ राष्ट्रबैङ्क चोक स्थितमा ग१७ प १९५९ नं. को स्कुटर, ग २३ प ७७१७ नं. को स्कुटर र ग २४ प ८१४९ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ग २३ प ७७१७ नं. को स्कुटरमा पछाडी सवार ऐ.१७ बिरौटा बस्ने वर्ष ११ को क्रिसान्त के.सि. घाइते भई उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा पठाएको, टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आमा मञ्जु के.सि. संलग्न, तिनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा ६ लेकसाईड स्थित आम्बोटमा ग १७ प ६६ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा स्कुटरमा पछाडी सवार १७ बिरौटा बस्ने बर्ष ३९ को कृष्ण अधिकारी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको, मुखमा र बायाँ घुडाँमा चोट, अवस्था मध्यम, ४ जनाको टोली खटि गएको, स्कुटर व.प्र.का.बैदामको नियन्त्रणमा र स्कुटर चालक फरार, खोजतलास भई रहेको ।
जिल्ला गोरखा सिरानचोक गा.पा.५ डुम्रेश्वारा बस्ने हर्क ब. वि.क. को छोरा वर्ष ३३ को कृष्ण ब. वि.क आफ्नो घरको आफु सुत्ने कोठाको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त भएको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला गोरखा गोरखा न.पा.९ दलभंज्याङ बस्ने वर्ष ३५ को ईश्वर रोकाले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको पाईपमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरेहेको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ नाला स्थित पृथ्बि राजमार्गमा दमौलीबाट डुम्रे तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ५४७१ नं. को बलेरो चालकले नियन्त्रण गुमाई सडक छेउको नालामा पल्टिई दुर्घटना हुदाँ जिपमा सवार ५ जना मध्य ४ जना घाइते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेको चालक नियन्त्रणमा, सवारी साधन घटनास्थलमा रहेको ।
जिल्ला कास्की पोखरा २२ खाडेखोला स्थितमा बा २५ च ७६७५ नं.को कार र ग १ ज २१८१ नं. को ट्याक्सी एक आपसमा ठक्कर खाँदा कारमा सवार जिल्ला बाँके कोहलपुर न.पा.३ बस्ने वर्ष ३३ को प्रकाश थापा घाईते भई उपचारको लागी चरक अस्पताल ल्याएको,बाया हात फ्याक्चर भएको उपचारमा कार चालक उत्सव के.सी. संलग्न,दुबै सवारी साधन, ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको ।
देश भारत मध्य प्रदेश जिल्ला भुपालबाट भ्रमणको लागि मिति २०८१।०१।२६ गते जिल्ला कास्की पोखरा म.न.पा.६ लेकसाईड स्थित रुद्राक्ष होटलमा आई बसेको ४० जना भारतीय नागरिक मध्य वर्ष ६४ को अकलेश्वर गुप्ता अचानक बिरामी भई उपचारको लागि मिति २०८१।०१।२८ गते पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रमममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथमा निजको श्रीमती संतोष गुप्ता रहेको ।
जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।
जिल्ला कास्की रुपा गा.पा.५ बेतेनी स्थित दमौलीबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ८८०७ नं.को यात्रु सहितको बस चालकले नियन्त्रण गुमाई रोडको दायाँ तिर रहेको घरको कम्पाउन्डमा ठक्कर खान जाँदा बसमा सवार ३५ जना मध्य नाम, थर वतन नखुलेको १ जना सवार घाइते भई उपचारको लागि पोखरा तर्फ ल्याउँदै गरेको, बाटो अवरोध नभएको, बस घटनास्थलमा रहेको, अन्य यात्रु आ-आफ्नो गन्तव्यतिर लागेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१६ तल्लो दिप स्थित सेती नहरको ड्याममा जिल्ला कास्की पोखरा म.न.पा.१९ पुरानचौर घर भएकी वर्ष २७ की सोनीका आचार्य पानीमा मृत अवस्थामा रहेको, निजलाई पानीबाट बाहिर निकाली घटनास्थल मुचुल्का कार्य भइरहेको, साथमा निजको भाई भरत आचार्य ले सनाखत गरेको, निजको श्रीमान कामको सिलसिलामा अष्ट्रेलियामा रहेको, मृत्यु हुनुको कारण नखुलेको ।
जिल्ला कास्की पोखरा २२ कालावाङ्ग पाखा स्थित बस्ने वर्ष २४ को प्रदिप बि.क. आफ्नै टिनले छाएको २ तले कच्ची घरको माथिल्लो तलाको आफु सुत्ने कोठामा काठको बलोमा पासो लगाई झुण्डी मृत्यु भएको, आमा,बुबा,श्रीमतीसंग बस्दै आएको, प्रहरीद्वरा घटना सम्बन्धि थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.४ बिमलनगर स्थित पृथ्बि राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ग २ च ४७१६ न.को बलेरो र सोही दिशाबाट आउदै गरेको ग ७ प ४६०७ न.को मोटरसाइकल बलेरोसँग ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक वर्ष ४६ को त्रिभुवन थापा घाइते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेको निधारमा चोट,अबस्था मध्यम, दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.६ जरेवर स्थित ग ३ च ४४४६ नं.को कार र ग ११ प ७५३ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भई स्कुटर चालक १७ घारिपाटन बस्ने बर्ष ३५ को नवराज काफ्ले घाईते भई उपचारको लागी फेवासिटी अस्पताल ल्याएको, बायाँ खुट्टामा चोट, अवस्था मध्यम भएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ३० सातमुहाने पुल नजिकै तावाको मुखदेखी राजचौतारा तर्फ जाँदै गरेको ग १३ प ४१९६ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुन जाँदा मोटरसाइकल पछाडी सवार जिल्ला पर्वत महाशिला गा.पा.६ घन्तेरी बस्ने वर्ष २४ को प्रदिप सुनार घाईते भई उपचारको लागि २१ गते ०७:०० बजे गण्डकी मेडिकल कलेज लगिएको, टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम, बोल्न सक्ने, उपचारमा निजको साथी अमृत बि.क. रहेको ।
जिल्ला स्याङ्जा वालिङ न.पा.११ टापु बस्ने वर्ष ६७ की नन्द कुमारी तिवारी आफ्नै घरको छतको पिल्लरमा चुन्नीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको जानकारी प्राप्त भएको, कारण नखुलेको, साथै निजको २ छोरा ३ छोरी रहेको,श्रीमानमो मृत्यु भई सकेको, घरमा जेठी बुहारी र २ नाती बस्ने ,जेठो छोरा रोजगारीको क्रममा भारत मुम्बाई रहेको र कान्छो छोरा बुहारी वालिङ बजारमा बस्ने भन्ने बुझिएको ।
जिल्ला बागलुङ जैमिनि न.पा.७ दुमचौतारा बस्ने चन बहादुर नेपालीको छोरा वर्ष १८ को सागर नेपाली घरदेखि ६० मिटर उत्तर तर्फ रहको कुटमिरोको रुखमा नाम्लोको डोरीको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा निजकै बुबाले देखिको, झुण्डिनुको कारण नखुलेको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.१२ बेलाहानी बस्ने बर्ष ६०।६५ को तुल बहादुर कुमाल आफ्नै २ तले जस्ताले छाएको कच्ची घरको माथिल्लो तलाको कोठामा काठको बलोमा प्लास्टिकको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको साथै निजको श्रीमति बर्ष ५०।५५ की मिना कुमाल अर्को कोठाको विस्तारामा सुतिरहेकी मृत अवस्थामा टाउकोमा रगत जस्तो रातो तरल पदार्थ बगी जमेको अबस्थामा देखिएको, घरमा श्रीमान श्रीमती मात्र बस्ने भनि बुझीएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.३ सुलडाँडा रुम्टा बस्ने राजु पौडेलको श्रीमती बर्ष २६ की सुनिता पौडेल आफ्नै घरको आफू सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो घाटीमा लगाई झुण्डि मृत्यु भएको ,कारण नखुलेको,निजले डिप्रेशनको औषधि समेत सेवन गर्ने भन्ने बुझिएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पोखरा-१० इन्द्रचोक स्थितमा ग १६ प ४६७४ नं. को स्कुटर र ग २४ प ८२५६ नं. को स्कुटर एकआपसमा ठक्कर खाँदा ग २४ प ८२५६ नं. को स्कुटर चालक पोखरा-१४ कैलाश टोल बस्ने बर्ष १९ को सुवास कडेंल घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दायाँ हातमा चोट अवस्था मध्यम ।
जिल्ला कास्की अन्नपूर्ण गा.पा.२ ढिकुर पोखरी बस्ने वर्ष २७ की सुमित्रा भण्डारी आफू सुत्ने कोठा भित्र फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी ७ जनाको टोली खटि गई थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ शुक्लाण्डकी न.पा.१२ फिरफिरे स्थित मकै खोरे जङ्गलमा नाम,थर,वतन नखुलेको वर्ष अंदाजी ५० को पुरुष ब्याक्ति मृत अबस्थामा रहेको छ भन्ने खबर प्राप्त हुन साथ (SOCO) को सहित ७ जनाको टोली खटि गई घटना स्थलमा अनुशन्धान कार्य भईरहेको ।
मिति २०८१।०१।०८ गते १३:०० बजे जिल्ला न.प.(पूर्व) बौद्वीकाली गा.पा.३ थोत्रेनी बस्ने रेवत सारुको छोरी वर्ष १७ की लक्ष्मी सारु र वर्ष १४ की नरिना सारु घर नजिकैको धारामा नुहाउन गएको र हाल सम्म सम्पर्कमा नआएको भन्ने खबर ०९ गते ०७:०० बजे जानकारी प्राप्त हुनासाथ ५ जनाको टोली खटि गई खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको अवस्थामा र ऐ स्थित रहेको काली गण्डकीको किनारमा दुबै जनाको चप्पल र ३० रुपैया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको,निजहरुको खोजतलास कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा-३० शिशुवा स्थित हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५ को पुरुष व्यक्ति अचेत अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त हुन साथ प्रहरी टोली खटिई गई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल ल्याएकोमा उपचारको क्रममा २१:४५ बजे मृत घोषणा गरेको ,शव सोही अस्पतालमा रहेको ।
पोखरा-७ बुलौदी स्थितमा ग ८ प ८६७१ नं. को बुलेट मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुदाँ चालक बर्ष ३० को बिकास पौडेल घाईते भई उपचारको लागी गण्डकी मेडिकला कलेज पठाएको, टाउको निधारमा चोट, सिरियस, मा.प.से गरेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ हलेदी सेती नदिमा ढुङ्गामा अड्कीएको अवस्थामा महिलाको शव रहेको भन्ने खबर स्थानिय मार्फत प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला न.प.(पूर्व) कावासोती न.पा.२ भाट टोल बस्ने वर्ष ५६ की योग मायाँ कानु मगर आफ्नै घरको गोदम कोठामा फलामको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ ६ जनाको प्रहरी टोलि खटी गएको,घटनास्थाल मुचुल्काको लागि SOCO टोली बिहान जाने,घटना स्थाल सुरक्षित राखेको, थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ घिरिङ गा.पा.१ पुट्रार बस्ने बुद्धि बहादुर कुमालको श्रीमती वर्ष अंदाजी २५ की प्रमिला कुमालले घरमा कोही नभएको अस्थामा आफु सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी रहेको अबस्थामा निजको ससुरा मान सिंह कुमालले देखी बुद्धि बहादुर कुमाल लाई बोलाई पासो फुकाई उपचारको लागि स्थानीय धुलीखेल अस्पताल ल्याएको भन्ने जानाकारी प्राप्त हुना साथ २ जनाको टोली खटी गएको, अबस्था सिरियस, घरमा सासु,ससुरा,श्रीमान,२ वर्षको छोरा,८ महिनाको छोरी रहेको, थप उपचारको लागि भरतपुर रिफर, थप अनुसन्धान भइरहेको ।
जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.५ बस्ने हिमलाल बस्यालको छोरा वर्ष १२ को असविन बस्याल आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई घरबाट निस्कीएको र हाल सम्म घर परिवारको सम्पर्कमा नआएको भनी निजको आफन्तले जानकारी गराउना साथ प्रहरी ५ जनाको टोली खटीगई निजको आफन्तको सहयोगमा खोज तलास गर्दै जाने क्रममा २४ गते अ.२२:०० बजे २ एल्लो हाउस नजिकै नारायणी नदी किनारमा निजले प्रयोग गरेको टिसर्ट र हाफ पाईन्ट फेला परेको, निज बालकको खो.त.कार्य भईरहेको ।
जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.६ डहरे स्थितमा सुपर न्यादी जल बिधुत आयोजनाको बा १७ च १४६५ नम्बरको जिप हाईड्रोपावरको कामदार पुर्याई फर्किने क्रममा बाटोबाट अं.२०० मिटर तल खस्न जाँदा जिप चालक जिल्ला दाङ घर भएको बर्ष अंदाजी ३७ को बिर सिंह परियारको घटनास्थलमानै मृत्यु भएको, जिप घटनास्थलमानै रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली २ जना कमाण्डमा र जि.प्र.का. लमजुङबाट प्र.नि. थानेश्वर चपाई को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको ।
जिल्ला कास्की पोखरा ३३ बागमारा स्थित चिसापानी सामुदायिक जंगलमा अचानक आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ २ जनाको प्रहरी टोली खटि गई स्थानिय,दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भईरहेको, उक्त आगो बस्तीबाट अं.४०० मिटर टाढा रहेको, मानविय तथआ पशुचौपाय क्षति नभएको ।
जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.१ मिलनचोक स्थित भित्री सडक खण्डमा दक्षिण राजमार्गबाट उत्तर मौलाकालीका मन्दिर केवुलकार स्टेशन तर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १८९० नम्वरको अटोले पैदलयात्री जि.न.प.(पूर्व) गैडाकोट न.पा.१ बस्ने वर्ष ४१ की मनरुपा शर्मालाई ठक्कर दिई दुर्घट्ना हुदा घाइते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतुपर चितवनतर्फ पठाइएको, टाउको,छाति र ढाडमा चोट अवस्था मध्यम, अटो चालकले मापसे सेवन गरेको, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.४ लुस्लरी बस्ने वर्ष ५० को राम शरण बि.क.को जस्ताले छाएको काठको गोठमा अचानक आगोलागी भएको भन्ने खवर प्राप्त हुनासाथ ४ जनाको टोली खटिगई स्थानीय, दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भइरहेको, उक्त आगोलागीबाट १ वर्षको पाडी जलि मृत्यु भएको, मानविय क्षति नभएको, काठ तथा घास दाउरा जली नष्ट भएको, क्षतीको विवरण आउन बाँकी ।
जिल्ला बागलुङ, बागलुङ न.पा.१२ उपल्लो सराङगे बस्ने बर्ष ५८ को शालिकराम लामिछानेको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची गोठ र ढुङगा माटोले बनेको ढुङगाको छानो भएको २ तले कच्ची घरमा अचानक आगोलागी हुदा मानबिय, चौपाय क्षती नभएको,गोठ जली पुर्ण रुपमा क्षति,घरमा आंशिक क्षती भएको भनी स्थानियले ०५:२० बजे टे.फो.मार्फत इ.प्र.का.बलेवा बागलुङमा खवर गर्नासाथ २ जनाको प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।
जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.७ व्यारेज पुल देखी अंदाजी ३०० मिटर पश्चिम तर्फ दुधाहको रुखमा नामथर,वतन नखुलेको मधेशी मुलुकको जस्तो देखीने वर्ष अ.६० को पुरुष नाईलनको डोरीमा पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर हुना साथ टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
मिति २०८०।१२।१५ गते अंदाजी ०५:०० बजे जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.०७ बिजय चोक स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र.नं.२-०३-००१ ख ५९९८ न.को क्लिनर लोड टेलर गाडी बर्षातको कारण बाटो चिप्लेर फसी बाटो दुई तर्फी अवरुद्ध भएको,ट्राफिक सहित ७ जनाको प्रहरी टोलि खटीगई सवारी साधनहरुलाई वैकल्पिक भित्री बाटो पश्चिम जै-श्री पुलबाट र पूर्वमा पुलको मुखको सायदबाट प्रयोग गरी सुचारु गरेको, बाटो खुलाउने कार्य भईरहेको ।
जिल्ला न.प. (पूर्व) हुप्सेकोट गा.पा.२ स्थित गुटेरी खोला जंगलमा बस्ने मोहन सिंह परियार की श्रीमती बर्ष १७ की आरती परियारले तिल्काको रुखमा नाम्लोको पासो लगाई झुण्डि मृत अवस्था छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय बिमानस्थल भित्र जादै गरेको ग २ च ३८८० नं. को कार र सोही दिशा तर्फ जादै गरेको ग २३ प ७७६० नं. को स्कुटर विमानस्थल जाने प्रवेश मार्गमा एक आपसमा ठक्कर खादा स्कुटर चाकल वर्ष ४५ को शिवराज धिताल घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाएको, टाउको,हात र खुट्टामा चोट, अवस्था मध्यम ।
जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१० भैँसाखोरी पूर्व-पश्चिम राजमार्गमा भैंसाखोरीबाट भैडाबारी तर्फ आउदै गरेको बा.प्र.०३-००४प२०६४ नं.को मोटरसाईकल चालकले नियन्त्रण गुमाई मो.सा.सडकको वायाँ साईडमा पल्टिन जाँदा चालक जि.न.प.(पूर्व) गैँडाकोट न.पा.११ बस्ने वर्ष ३० को कमल लुङगेली मगर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन ल्याएको, टाउकोमा चोट अवस्था गम्भिर उपचारमा निजको आफन्त पृथी बहादुर मगर संलग्न रहेको भनी ०९ गते ००:१५ बजे उक्त अस्पतालमा खटिएको प्र.क.द्वारा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई थप अनुसन्धान गरिएको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.९ घोरले बस्ने वर्ष ३९ को गोपाल बि.क. को श्रीमती वर्ष २५ की अस्मिता बि.क. आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि रहेको अवस्थामा निजकै छोरा वर्ष ५ को स्यम्भु बि.क.ले देखि बाबा लाई जानकारी गराउन साथ तत्काल पासो काटि उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वाश प्रश्वाश उपचार केन्द्र बेलचौतारा,लगेकोमा २२:२० बजे डाक्टरले मृत घोषणा गरेको भन्ने जानकारी प्राप्त हुना साथ टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।