प्रहरी कार्यालय
जिल्ला लमजुङ दोर्दी गा.पा.४ जितौरे स्थित किसेदी खोलामा बस्ने वर्ष २६ को बिकास गुरुङ र वर्ष २८ पन्जराम गुरुङ २ जना भई ३ बस्ने वर्ष ४७ को बिन बहादुदुर गुरुङको घरको धन्सारबाट बिजुलिको तार जोदि खोलामा माछा मार्ने क्रममा करेन्ट लागि मृत्यु भएको, शव घटना स्थलमा रहेको,पन्चराम गुरुङलाई केहि नभएको ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।
जिल्ला गोरखा आरुघाट गा.पा.६ ठुलो श्वारा स्थितमा रहेको चिलाउनेको रुखमा जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा.७ धारापानि बस्ने वर्ष ५६ को रेशम प्रसाद ढकाल प्लाष्टिकको डोरिको पासो लगाई झुण्डि मृत्यु भएको, निज मृतक मानिस मिति २०८१।०२।०२ गते बाट हराएको भनि प्र.चौ.घ्यामपेसाल गोरखामा हुलिया निवेदन परेको, खोजतलासको लागि हुलिया परिपत्र भएको, मृतकको घरमा श्रीमती छोरा बुहारी रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.७ राष्ट्रबैङ्क चोक स्थितमा ग१७ प १९५९ नं. को स्कुटर, ग २३ प ७७१७ नं. को स्कुटर र ग २४ प ८१४९ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ग २३ प ७७१७ नं. को स्कुटरमा पछाडी सवार ऐ.१७ बिरौटा बस्ने वर्ष ११ को क्रिसान्त के.सि. घाइते भई उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा पठाएको, टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आमा मञ्जु के.सि. संलग्न, तिनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा ६ लेकसाईड स्थित आम्बोटमा ग १७ प ६६ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा स्कुटरमा पछाडी सवार १७ बिरौटा बस्ने बर्ष ३९ को कृष्ण अधिकारी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको, मुखमा र बायाँ घुडाँमा चोट, अवस्था मध्यम, ४ जनाको टोली खटि गएको, स्कुटर व.प्र.का.बैदामको नियन्त्रणमा र स्कुटर चालक फरार, खोजतलास भई रहेको ।
जिल्ला गोरखा सिरानचोक गा.पा.५ डुम्रेश्वारा बस्ने हर्क ब. वि.क. को छोरा वर्ष ३३ को कृष्ण ब. वि.क आफ्नो घरको आफु सुत्ने कोठाको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त भएको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरहेको ।