प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना ( न.प. पूर्व )

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.२ भृकुटी चोक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ख ०१९६ नं.को बसले सोही दिसा तर्फ जाँदै गरेको ना३६प ९०४५ नं.को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशाबाट आईरहेको ग१च ७१५२ नं.को बिरामी बोकी आएको एम्बुलेन्समा ठोक्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको तिन वटै सवारी साधन र बस र एम्बुलेन्स चालक नियन्त्रणमा रहेको । निम्न घाईतेः-
१.स्कुटर चालक जि.न.प.(पूर्व) गैडाकोट न.पा. ६ बस्ने वर्ष ३३ को किसोर गौतमको खुट्टामा चोट अवस्था सामान्य ।
२.एम्बुलेन्समा सवार डाइलोसिस को बिरामी जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष ७५ को मान बहादुर टाउकोमा चोट अवस्था सिरियस ।
३.एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४० को भोट ब.कुमालको खुट्टामा चोट अवस्था मध्यम ।
४.सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४५ को सोम ब.कुमालको निधारमा चोट अवस्था सामान्य 

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।