प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा निरीक्षण तथा भिडियो कन्फरेन्स ।

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा उपशाखाको निरीक्षण तथा सम्पुर्ण शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशन सम्बोधनकै क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीले आ-आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक ढङगले निर्वाह गरे मात्रै प्रहरी संगठनले अंगिकार गरेको मुल्य मान्यताहरुले सार्थकता पाउने बताउँदै जस्तोसुकै परिस्थितिमा संगठनको मुलभूत उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद शर्माले समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षा, तथा भौगोलिक अवस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यस संगै प्रदेश प्रहरी प्रमुख खनालले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक खनालले संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचार संहिता बिपरीत जानेलाई कारवाही गर्न संकोच नमान्ने बताउनुभयो ।

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।