प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : पोखरा ।

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी श्रीमती संघको ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ लाई नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गुरुङले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ४४ जनाले रक्तदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।