प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको नव निर्मित भवन उद्घाटन सम्पन्न

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।

संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरको निर्माण भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरीक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो । 

मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा एकाई मध्ये दुई वटा एकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो । उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घाँसा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थिती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाईहरु मध्ये १४ वटा प्रहरी एकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आईरहेका छन् ।

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।