प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: सवारी दुर्घटना

२०७८-०७-०२

  • A
  • A-
  • A+
Share

कार्तिक ०२, जिल्ला गोरखा गण्डकी गाउँपालिका ८ स्थित फुजेलबाट बेनीघाट तर्फ आउदै गरेको ना४च ७७३८ नं.को बलेरो जिप ब्रेक फेल भई आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा उक्त जिपमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखु लगेको, चालक जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ४० को धन बहादुर थापा प्रहरी सम्पर्कमा अवस्था सामान्य, सवारी साधन घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

निम्न:-

१.जिल्ला गोरखा गण्डकी गा.पा. ५ दर्बुङ् बस्ने वर्ष २१ कि प्रतिमा पोख्रेल, अबस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।

२.ऐ.४ फुजेल बस्ने वर्ष २० को सुनिल थापा, अबस्था सामान्य बिर अस्पताल काठमाण्डौ रिफर ।

३.ऐ.५ दर्बुङ् माईतीघर भई चितवन बस्ने वर्ष ४४ की सुस्मा श्रेष्ठ,अवस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।

४.ऐ.ऐ. ४ फुजेल बस्ने बर्ष १८ को विवेक सिंखडा, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।

५.जिल्ला धादिङ ज्वालामुखि गा.पा.१ बस्ने वर्ष २२ की सुस्मिता कोईराला, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।

६.जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ९ की जेनिसा श्रेष्ठ, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।