प्रहरी कार्यालय
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ गल्छिना पृथ्वीराजमार्गमा बेलचौताराबाट दुलेगौडा तर्फ जादै गरेको नं.नखुलेको रातो कलरको कारले सोही दिशा तर्फ जादै गरेको ग१४प ६१९३ नं.को स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.८ घोर्मे बस्ने वर्ष २३ को विकल मगर र स्कुटर पछाडी सवार ऐ.४ दुलेगौडा बस्ने वर्ष २० की निलिमा गुरुङ घाइते भई उपचारको लागि जि.पी.कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बलचौतारा पठाईएको, स्कुटर नियन्त्रणमा, कार र कार चालक फरार रहेको खोजतलास कार्य भईरहेको ।
जिल्ला कास्की माछापुच्छ्रे गा.पा.१ करुवा बस्ने वर्ष ७२ को सन्ते तामाङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले क्च्ची घरमा अचानक विद्युत सर्ट भई आगोलागी भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रहरी र स्थानीयको सहयोगमा २०:०० बजे आगो नियन्त्रणमा लिएको, घर पूर्ण रुपमा जली क्षती भएको, मानविय तथा पशु चौपाया क्षती नभएको, अन्नपात, भाँडाकुडा, लत्ता कपडा पुर्ण रुपमा जलेर क्षती भएको ।
जिल्ला तनहुँ ब्यास न.पा.१० बैरेनी स्थित भित्री सडक खण्डमा देउरालीबाट कलेस्ती तर्फ जाँदै गरेको ग १ ब १५४३ नम्बरको मोटरसाइकलले पैदल यात्री ऐ.१० बस्ने बर्ष ७ की आकृषा अधिकारीलाई स्कुल जाने क्रममा ठक्कर दिई घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली ल्याएको, घाईतेको टाउको, आँखा माथि चोट लागेको, ११:४५ बजे सामान्य उपचार पश्चात थप उपचारको लागि GMC अस्पताल पोखरा रिफर भएको ।
जिल्ला तनहुँ ब्यास नगरपालिका -१ भादगाउँ निर्मल नगर स्थित बा.८९ प ३१०९ नम्बरको मोटर साइकलले पैदल यात्री ऐ.बस्ने बर्ष १८ की प्रमी थापालाई ठक्कर दिई घाईते भई घाइतेको हात खुट्टा र टाउकोमा चोट, अबस्था मध्यम, मोटरसाइकल चालक ऐ.२ बस्ने बर्ष २६ को रमेश बराली खुट्टामा चोट सामान्य दुबै जनाको समाधान अस्पताल दमौलीमा उपचार भईरहेको ।
जिल्ला स्याङ्जा बाहाकोट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा घारीकुलो डेरा कोठा गरी बस्ने वर्ष ३२ की रिना थापा मगरको डेरा कोठामा लागुऔषध कारोबार भईरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा सोही कोठामा रहेको लोबेड मुनि रातो फाइबर झोलामा लुकाई छिपाई राखेको लागुऔषध डाईजापाम-१६६ एम्पुल, फेनारागन-१६९ एम्पुल, बुर्फिन नुर्फिन-१६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागऔषध बरामद गरिएको र सोही कोठामा रहेको निजको साथी जिल्ला स्याङ्जा फेदीखोला गा.पा.४ घर भई हाल पोखरा-१७ बिरौटा बस्ने वर्ष ३४ बिश्वास गुरुङ र जिप्रका पर्वत घर भई हाल पोखरा-१७ बरौटा बस्ने वर्ष ३९ की मिना थापा मगर सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा १९ अकला मन्दिर स्थितमा ग १२ प ६६२४ नं.को स्कुटर र ग १७ प ४८५५ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा ग १२ प ६६२४ नं.को स्कुटरमा सवार २ जना घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा ।
जिल्ला तनहुँ ब्यास न.पा.१२ बेलभञ्याङ स्थित पृथ्बी राजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग१२प ९९४६ नम्बर को स्कुटर चालक जिल्ला तनहुँ व्यास न.पा २ बस्ने वर्ष २५ को बिकास कुमारले नियन्त्रण गुमाई दुर्घटना हुँदा स्कुटर चालकलाई केही नभएको स्कुटर पछाडि सवार १ गल्फुबेशी बस्ने वर्ष २८ को घाईते भई चरक अस्पताल पोखरामा उपचार भइरहेको अवस्था माध्यम रहेको ।
जिल्ला स्याङजा गल्याङ न.पा. १ राम्दि स्थित सिद्धार्थ राजमार्गमा राम्दिबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना५ख ६९४७ नं.को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला न.प.(पूर्व) विनयत्रिवेणी गा.पा. ७ शिवपुर बस्ने वर्ष ३१ को कृष्ण बहादुर रानाको साथबाट वारेक्स १० पिस, ड्रामाडोल ९६ ट्याब्लेट, नाईट्रोभेट ६० ट्याब्लेट, डाईजेपाप ५९ एमपुल, नोर्फिन ५९ एमपुल, फेनारागन ५९ एमपुल, निडल १ थान लागू औषध फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा मुग्लिङ पुलजिप तनहुँबाट प्र खटिएको प्रहरी चेकीङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरेनीतर्फ आउदै गरेको ग१ख ९४३० नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सिन्धुपाल्चोक लिसंखु गा.पा. २ बस्ने बर्ष १९ को समिर लामाले बसको पछाडी डिकिमा जेब्रा झोलामा लुकाईछिपाई लिई आएको लागु औषध (गाँजा) १९ के.जी.८०० ग्राम सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला म्याग्दी बेनी नगरपालिका-६ जमुनाखर्क बस्ने शेर बहादुर सार्कीको जस्ताका पाताले छाएको काठ र जस्ताका पाताले बेरेको १ तले कच्चि भान्सा कोठामा अचानक आगोलागी भएको भनि स्थानियले टेलिफोन मार्फत जानकारी गराउनासाथ प्रहरी टोलि खटि गई प्रहरी र स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको, आगलागीबाट दाउरा, भाडाकुडा, एक हजार लिटरको पानी ड्रम र भान्सा घर पूर्ण रुपमा जलि नष्ट भएको, आगलागिको कारण नखुलेको अन्य अवस्था सामान्य रहेको ।
जिल्ला तनहुँ व्यास नगरपालिका १२ बेलभञ्ज्याङ पृथ्वीराजमार्गमा बिरगञ्जबाट स्याङजा तर्फ जाँदै गरेको म.प्र.०३-००-२ ख ०५३४ नम्बरको चामल बोकेको ट्रक चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ट्रक चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका ९ बस्ने वर्ष २४ को सुधन सुनार, सह-चालक ऐ बस्ने वर्ष २५ को प्रदिप नेपाली घाईते भई लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भइरहेको अवस्था माध्यम रहेको ।