Police Office
जिल्ला कास्की पोखरा म.न.पा. १३ ढल्केपुल स्थित वर्ष ५२ को दुर्गा बहदुर भुजेलले घर नजिकै रहेको ब्लक र जस्ता पाताले छाएको १ तले कच्चि २ वटा सटरहरु भाडामा लिई संचालन गरेको कन्काई ईन्टर प्राईजेजमा अचनाक बिद्युतलाईन सर्ट भई आगोलागि भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिगई दमकल,प्रहरी र स्थानियको सहयोगमा ०२:५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको मानविय क्षेति नभएको,उक्त आगोलागीबाट निजको पसलमा रहेका सामानहरु पूर्ण रुपमा जलि नष्ट भएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१ टुडीखेल बाटोमा हिडि राखेको अवस्थामा जिल्ला तनहुँ घर भई हाल पोखरा म.न.पा.८ सिमलचौर बस्ने वर्ष २० को साहिमन गिरीलाई शंका लागि प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको खल्तिभित्र लुकाई छिपाई राखेको Tapentadol tablets-100 mg ८१ पिस चक्की, opotab 50mg-७७ पिस चक्की, जम्मा गरी १५८ पिस चक्की लागू औषध र नगद रु.१३,०००। सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।
जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.१ बास्टारी स्थित हेलु अर्जुनचौपारी भित्री सडक खण्डमा ग १ क ३५०२ न.को टिपर र ग ११ प ६७०९ न.को स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक १ रैते बस्ने वर्ष ४५ को पुरुषोतम अर्याल घाईते भई उपचारको लागी हेलु अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात पोखरा रिफर भएको,टाउकोमा चोट लागेको, दुबै सवारी साधन र टिपर चालक प्रहरीको नियन्त्रणमा ।
प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम ७-०५ औँ समूहका प्रशिक्षार्थीहरुको तालिम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यतामा आज एक समारोहका बिच सम्पन्न भएको छ ।दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो । दिक्षान्त कवाजको निरीक्षण पश्चात प्रर्शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको कवाजको समेत प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले अवलोकन गर्नुभयो ।त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभयो ।तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक आचार्यद्धारा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पश्चात दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले तालिम अवधीमा हासिल गरेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीपूर्वक लागू गर्न सके मात्र तालिमको उपादेयता पुरा हुने बताउनुभयो ।साथै प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले कुनै प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थिहरुलाई व्यवसायीक तथा व्यक्तिगत जिवनको सफलताको शुभकामना सहित कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिमा धन्यवाद व्यक्त गर्नुभयो ।तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीले प्रहरी संगठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानहरुको कुल २३४ कार्य दिनको उक्त आधारभुत तालिम गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा मिती २०८१ माघ २७ गते बाट विधिवत रुपमा उद्घाटन भई सञ्चालनमा आएको बताउँदै उक्त आधारभुत तालिममा सहभागी महिला पुरुष गरि कुल २०७ जना प्रशिक्षार्थीहरु मध्ये १७७ जना “ क” श्रेणी र ३० जना “ख” श्रेणीमा उत्तीर्ण भएको जानकारी गराउनुभयो । निष्पक्ष एवं पारदर्शी ढङगले कानून र जनभावना बमोजिम सेवा प्रदान गर्न आवश्यक सैद्दान्तिक तथा व्यवहारिक ज्ञान साथै परिवर्तित राजनैतिक तथा समाजिक अवस्थामा लोक कल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरि जनमुखी सेवा प्रवाह गर्न आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिमलराज कंडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला स्याङजा पुतलिबजार न.पा.५ बिन्दुस्वारा बस्ने वर्ष ५८ को कमल रेग्मीको टिन र खरले छाएको २ तले गोठमा(कुडो पकाई छाडेको आगोबाट) आगोलागि भएको भन्ने खबर ऐ.०९:०० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटीगएको, गोठमा रहेको पाडो सानो-१ मरेको र भैँसी १ सामान्य घाईते भएको, गोठको माथिल्लो तलामा रहेको काठ, प्लाङ, कपडा जलि नस्ट भएको, क्षतिको विवरण खुल्न बाँकी रहेको ।
जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा. २ प्रोबी स्थित भित्री सडकखण्डमा घनपोखराबाट इनटेक तर्फ जाँदै गरेको ग १ त ५९६५ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाई ट्याक्टर (खालि) सडक देखि अ.४०।४५ मिटर तल खस्न जाँदा ट्याक्टर चालक जिल्ला लमजुङ बेसिशहर न.पा.६ बस्ने वर्ष २३ को हिसे लामा घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाएको, दाहिने खुट्टामा चोट, अवस्था मध्यम, उपचारमा साथी संलग्न, ट्याक्टरमा क्षती चालकको साथमा स.चा.अ.प. नभएको ।