प्रहरी कार्यालय
जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्वीचोक स्थित हिमालयन पेट्रोल पम्प अगाडी ग २५ प २१९० नमबरको मोटरसाइकलले पैदल यात्री जिल्ला स्याङ्जा गल्याङ न.पा. ७ घर भई हाल पोखरा म.न.पा. ७ तिनकुनेचोक बस्ने वर्ष ५४ को बुद्धि प्रसाद भण्डारीलाई ठक्कर दिदा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याएको ।
जिल्ला कास्की पोखरा म.न.पा.२ नालामुख स्थित गणेशटोलबाट नहरमार्ग तर्फ आउँदै गरेको ग ९ प ३९२४ नं. को मोटरसाइकलले पैदल यात्री ऐ. २ नहरमार्ग बस्ने सुजता तामाङकी छोरी बर्ष ३ की दिपशिखा तामाङलाई ठक्कर दिदा घाइते भई उपचारको लागी मेट्रोसिटी अस्पताल लगेको, दुवै कुममा चोट लागेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १५ पञ्चकन्या मार्ग स्थित ग ११ प ४९८७ नम्बर को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक १ बगर बस्ने वर्ष २४ को अनिल कुमार बिश्वकर्मा घाइते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल गण्डकी ल्याएको ।
जिल्ला तनहुँ म्याग्दे गा.पा. ३ धएरे स्थित भित्री सडक खण्डमा थर्पुबाट धएरे तर्फ जाँदै गरेको ग ६ प ९३६५ न.को स्कुटर अचानक चिप्लिन गई दुर्घटना हुँदा स्कुटर चालक ऐ. बस्ने बर्ष २६ को सुमन ठकुरी घाइते भइ उपचारको लागी फिस्टेल अस्पताल पोखरा लगेको, दायाँ हात र टाउकोमा चोट लागेको ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नं. ३१४७ मिति २०८१।०८।२७ गतेको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक रावलले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।
जिल्ला कास्की पोखरा म.न.पा.१६ लिच्चीघारी स्थित बाटुलेचौरबाट लिच्चीघारी तर्फ आउँदै गरेको ग २ ख १७८६ नं.को टिप्परमा सोही दिशाबाट आउदै गरेको GAAA ३५१५ नं.को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक जिल्काला स्की पोखरा म.न.पा.१९ लामाचौर बस्ने बर्ष १७ को स्मरण अधिकारी घाइते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुबै हातखुट्टा र टाउकोमा चोट लागेको, मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.२ लायन्स चोकमा ध१प ६७५९ नं.को मो.सा. चालकले नियन्त्रण गुमाई सडकको बिच भागमा पल्टन जाँदा मोटरसाइकल चालक जिल्ला बागलुङ काठेखोला गा.पा.२ भिमपोखरा बस्ने वर्ष १९ को राजेश बि.क. घाईते भई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाईएको ।