Police Office
जिल्ला स्याङ्जा पुतलिबजार न.पा.१० सुम्रेखोला बस्ने शालिकराम अर्यालको एक तले पक्कि घरको सटर कोठामा सञ्चालित हुलाक सेवाको अफिस र सोही सटरमा रहेको किराना पसलमा विद्युत सर्ट भई आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली र नगरपालीकाको दमकल सहित खटि गई ०५:३५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, मानविय क्षति नभएको, क्षतिको विवरण खुल्न बाँकी ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट बाग्लुङ तर्फ आउदै गरेको बा. प्र. ०३-००१ ख.२८६४ नं. को यात्रुवाहक बसमा सवार जिल्ला बाग्लुङ जैमनी न.पा. ५ बस्ने बर्ष २२ को तिलक शर्माले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल- ९२ क्याप्सुल नियन्त्रित लागु औषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. २ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा.प्र.०२-०२१प ६८२६ नं को मोटरसाइकल चालकले नियन्त्रण गुमाइ सडकमा पल्टन गई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ सत्रसय बस्ने बर्ष ४२ को बीर बहादुर गुरुङ घाईते भई उपचारको लागी आँबुखैरेनी अस्पताल तनहुँ पठाइएको, मुखमा र दाँया खुट्टामा चोट लागेको ।
जिल्ला कास्की पोखरा म.न.पा.५ प्रस्याङमा ध१ज ३८५ नं.को ट्याक्सी र ग२४प १४३८ नं.को मोटरसाइक एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा.५ प्रस्याङ बस्ने वर्ष २३ को अभिषेक आचार्य घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल ल्याएको मुखमा र दायाँ घुडामा चोट अवस्था मध्यम, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा
जिल्ला तनहुँ ब्यास न.पा.१ भादगाँउ स्थित भित्री सडक खण्डमा दमौलीबाट छाब्दि तर्फ जादै गरेको ग ११ प ४८०० न.को स्कुटर र बिपरित दिशाबाट आउदै गरेको ग १५ प ६६५० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्ला तनहुँ ब्यास न.पा.१० बैरेनी बस्ने बर्ष ५८ को ईन्द्र बहादुर सुनार घाइते भई उपचारको लागी प्रदेश अस्पताल दमौली पठाइएकोमा १०:२५ बजे थप उपचारको लागी फिस्टेल अस्पताल पोखरा रिफर गरेको, घाइतेको नाकमा चोट लागेको, दुबै सवारी साधन र स्कुटर चालक नियन्त्रणमा ।
जिल्ला बागलुङ गलकोट न.पा.२ तोरीखोला स्थित भित्री सडकखण्डमा तोरीखोला देखी नरेठाटी तर्फ आउँदै गरेको ध१ज ६४३ नं.को ट्याक्सी अचानक ब्रेकफेल भई सडकको भित्तामा ठोकिन गई दुर्घटना हुँदा ट्याक्सी चालक सहित ५ जना मानिसहरु घाईते भई उपचारको लागी २३:१० बजे गलकोट नगर अस्पताल आएको पठाइएको, सवारी साधन घटनास्थलमै रहेको ।
जिल्ला बागलुङ काठेखोला गा.पा. ४ फाँपरखेत बस्ने बर्ष ६२ को थम बहादुर पुनको भैसी र बाख्रा बाध्ने गोठमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आगो प्रहरी र स्थानियको सहयोमा पुर्ण रुपमा नियन्त्रणमा आएको, आगोलागी हुनाको कारण नखुलेको, मानविय क्षेती नभएको, गोठ जली पुर्ण रुपमा क्षेती भएको, क्षेतिको विवरण आउन बाँकी ।
जिल्ला बागलुङ बडीगार्ड गा.पा.५ डाँग बस्ने हरि प्रसाद घिमिरेको घरमा अदिया गरी बस्ने वर्ष ४० को चन्दन घर्तीको भैँसी, बाख्रा बाधेको गोठमा भैँसीलाई कुडो पकाउने क्रममा आगो सल्किन गई आगोलागी हुँदा गोठमा बाधेको ५ वटा बोका र ४ वटा बाख्रा जली मृत अवस्थामा रहेका, १ वटा भैँसी र १ वटा पाडो जली घाइते र आगो निभाउने क्रममा निज चन्दन घर्तीको दुबै हात, अनुहार र शरिरको पछाडी भाग जली घाइते भई उपचारको लागी गलकोट नगर अस्पताल बागलुङ ल्याएको, गोठ जली पुर्ण रुपमा नष्ट भएको, आगो नियन्त्रणमा आएको ।
जिल्ला तनहुँ व्यास न.पा.४ भोर्लेटार चोक स्थित पृथ्वीराजर्मागमा ट्राफिक चोकबाट भोर्लेटार चोक तर्फ जाँदै गरेको ग १ क २९६८ नं.को टिप्परले पैदल यात्री जिल्ला लमजुङ मध्यनेपाल न.पा.४ सानो कुमाल गाउँ बस्ने बर्ष २० को शरण कुमाललाई ठक्कर दिदाँ घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएको, टिप्पर र टिप्पर चालक प्रहरीद्वारा नियन्त्रणमा लिइएको ।
जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।