प्रहरी कार्यालय
जिल्ला कास्की पोखरा म.न.पा.३ नदिपुर स्थितमा बगरबाट महेन्द्रपुल तर्फ जादै गरेको ग१ज ७३०१ नं. को बोलेरो जिपले पैदलयात्री ऐ.बस्ने वर्ष १४ को बिदुर अछामीलाई ठक्कर दिदा घाइते भई उपचारको लागि पदम नर्सिङ होम लगेको, निजको टाउको,बायाँ खुट्टा र हातमा चोट लागेको, जिप र जिप चालक प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला न.प.(पुर्व) बुलिङटार गा.पा.३ कालिगण्डकी करिडोर सडकखण्डमा रामपुरबाट गैडाकोट तर्फ जाँदै गरेको ग१६प १६६९ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला तनहुँ रिसिङ गा.पा. ४ बस्ने बर्ष ३० को सोम कुमार श्रेष्ठको अनुहारमा चोट लागि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको ।
नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको प्रमुख आतिथ्यतामा यहि मंसिर २० गते वडा प्रहरी कार्यालय वैदाम कास्कीको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूको अवलोकन गर्नुहुँदै भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
जिल्ला गोरखा गोरखा न.पा. ९ ट्क्सार स्थित आबुखैरेनी गोरखा सडक खण्डमा बाग्मती प्रदेश ०२-०२८ प ७५३८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक जिल्ला गोरखा गो.न.पा. ९ टक्सार बस्ने वर्ष २२ को प्रशान्त आले मगरको टाउको, अनुहारमा चोट लागि उपचारको लागि जिल्ला अस्पताल गोरखामा उपचार पश्चात थप उपचारको लागि पुरानो चितवन मेडिकल कलेज भरतपुर पठाइएको ।
जिल्ला कास्की पो.म.न.पा.३ नदिपुर स्थित मियाँपाटनबाट नदिपुर तर्फ आउदै गरेको ग १० प ९८७७ नं.को स्कुटरले पैदल यात्री जिल्ला कास्की पो.म.न.पा.२४ कास्कीकोट बस्ने बर्ष ५५ की सन्त माया नेपालीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगेको घाईतेको दुबै हात खुट्टा र टाउकोमा चोट लागेको स्कुटर र चालकलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला कास्की पोखरा-२४ मैदान स्थित ऐ.बस्ने वर्ष ५७ को टंक प्रसाद पौडेलको आफ्नै ढुङगामाटोले बनेको जस्ताले छाएको कच्ची गोठमा बिजुली सर्ट भई आगोलागी हुँदा गोठ पुर्ण रुपमा जलि नष्ट हुनका साथै गोठ भित्र रहेको ४ वर्षको दुहुनो गाई र २ वर्ष को ब्याउने बाख्राको पनि मृत्यु भएको र नजिकै रहेको ६० भारी बराबरको परालको टौवा समेत जलि पुर्ण रुपमा क्षति भएको, मानविय क्षति नभएको, प्रहरी, दमकल र स्थानिय को सहयोग मा ०१;३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ।