प्रहरी कार्यालय
जिल्ला स्याङजा फेदिखोला गा.पा.१ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा भिरकोट न.पा.६ बकरे बस्ने(क्यान्सरको बिरामी) वर्ष ७६ को लिला प्रसाद तिवारीलाई लिई आउदै गरेको ग१च ८४६६ नम्बरको एम्बुलेन्स चालकले नियन्त्रण गुमाई सडकको छेउमा पल्टिन जाँदा बिरामीको श्रीमती वर्ष ६९ की लिलावती तिवारीको टोउकोमा सामान्य चोट अवस्था सामान्य रहेको ।
जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ मिलनचोक भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिका तर्फ जाँदै गरेको बा ५ ख ६२५२ नम्बरको बसले पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ बाटो क्रस गर्दै गरको ना ४३ प ५३० नम्बर को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइक चालक जिल्ला पर्सा धोविनी गा.पा.३ घर भई हाल जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ बस्ने वर्ष ३० को अर्जुन महत्तो घाइते भई उपचारको लागि नयाँ मेडि कल कलेज भरतपुर चितवन पठाइएको ।
जिलला तनहुँ व्यास न.पा.५ बरबोट स्थित भित्री सडकखण्डमा रानीटारबाट दमौली तर्फ आउँदै गरेको ग ३च ५९१७ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडकको नालीमा ठोकिन जाँदा चालक बस्ने वर्ष ५६ को मोहन कुमार श्रेष्ठको बायाँ हातको नाडीमा चोट, अवस्था मध्यम, जिल्ला अस्पताल दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको ।
जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१४ दलदले कृष होटल अगाडी पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ आउँदै गरेको बा.प्र.०६-००१ख ००३६ नं.को बसले पैदल यात्री जिल्ला पर्सा घर भएको वर्ष ४० को सुन्दरदास थारुलाई सडक क्रस गर्दा ठक्कर दिई घाईते भई उपचारको लागि देवचुली नगर अस्पताल दुम्कौली पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको, मुख र निधारमा चोट लागेको, सवारी चालक र सवारी साधन प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला न.प.(पूर्व) सिमा कन्ट्रक्सन प्रा.लि. मा बिजुलीको काम गर्ने जिल्ला जाजरकोट भेरी न.पा. घर भई हाल जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१६ धुसेरी बस्ने वर्ष २३ को आर्यन सिंह ठकुरीले जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा.५ कालिकाचोक स्थितमा रहेको पुरानो बिजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई शव पोलबाट निकाली पोस्टमार्टमको लागि सरकारी अस्पताल भरतपुर चितवन पठाएको ।
मिति २०८१ साल १० महिनाको २३ गते तालुक गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना र नेपाल प्रहरी विद्यालय तनहुँको सहकार्यमा विद्यालयको कक्षा ९ मा अध्ययनरत ७१ जना छात्रछात्रालाई तालुक अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. अर्जुन प्रसाद डुम्रे सहितको स्वास्थ्यकर्मी टोलीद्वारा प्राथमिक उपचार सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला नवलपरासी पूर्ब) गैडाकोट न.पा.५ कुशुमगाट स्थित भित्री सडकखण्डमा गैंडाकोटबाट गैंरी तर्फ जाँदै गरेको बा.प्र.०६-००१ प ६५८९ न.को स्कुटरले पैदलयात्री जिल्ला धादिङ खनियाँबास गा.पा.३ बस्ने वर्ष ३६ को बिर बहादुर रानालाई ठक्कर दिँदा ढाड, दाहिँने हातमा चोट लागि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१४ चाउथे स्थित पृथ्वीराजमार्गमा विरगंजबाट पोखरा तर्फ आउँदै गरेको मधेश प्रदेश ०३ - ००१ ख ९७६८ नं. को मालबाहक ट्रक चालकले नियन्त्रण गुमाई सडकको बायाँ साईडमा पल्टिन जाँदा ट्रक चालक जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने बस्ने वर्ष ३० को आनन्द श्रेष्ठ घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, टाउकोमा चोट लागेको ।
जिल्ला कास्की पोखरा म.न.पा. २६ अर्घौचोक स्थित पोखराबाट दमौली तर्फ जादै गरेको ग ३ च १८०० नं. को बोलेरो जीपले पैदल यात्री ऐ.बस्ने पुनम परियारकी छोरी बर्ष ८ की युनिसा परियारलाई ठक्कर दिदा घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको, दाँया खुट्टा र दाँया हातमा चोट लागेको ।
जिल्ला कास्की पोखरा म.न.पा.३२ माथिल्लो गगनगौडामा मझुवाबाट गगनगौडा तर्फ आउदै गरेको ग१ख ७७६६ नमबरको टिप्परले ग१३प ६१०९ नमबरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक वर्ष ३३ को भिम बहादुर नेपाली घाईते भई उपचारको लागि पावरहाउस युनिक मेडिकलमा पठाएको ।