Police Office
जिल्ला तनहुँ भानु न.पा.-९ चितिखोला स्थित अर्चलधारा लौडारीभज्याङ भित्री सडकखण्डमा लौडारी भज्याङबाट बासइजाँगर तर्फ आउदै गरेको ग १ क ६७०७ नं. को पुर्कोट ल्याण्डस्टार बोर्डिङ स्कुलको बस र विपरित दिशाबाट जादै गरेको ना २७ प ५८७९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ऐ. बस्ने वर्ष ४० को राजु कडरीया घाईते भई उपचारको लागि स्थानीय मेडिकल बाईसजाँगर ल्याईएको, घाँटीमा भित्री चोट र दाया खुट्टाको घुँडामा चोट लागेको, बस चालक र मोटरसाइकल नियन्त्रणमा लिईएको ।
जिल्ला तनहुँ बन्दीपुर गा.पा.४ नयाँपुल स्थित पृथ्बीराजमार्गमा बा २० च ९८४३ न को धान बोकेको बोलेरो चालकले नियन्त्रण गुमाई सडकमा पल्टन गई दुर्घटना हुदाँ बोलेरोमा सवार जिल्ला चितवन भरतपुर म.न.पा. २७ बस्ने वर्ष ४० को सुर्य बहादुर बोगटी घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको, बोलेरो घटनास्थलमा रहेको उठाउने कार्य भइरहेको, बोलेरो चालक जिल्ला धादिङ निल्कन्ठ गा.पा. ८ बस्ने वर्ष २५ को शिव कुमार श्रेष्ठलाई केही नभएको , चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला लमजुङ क्व्होलासोथर गा.पा.१ बाग्लुङपानी स्थित घलेगाँउबाट बेसिशहर तर्फ आउदै गरेको ग १ ज ६३०६ नं.को बलेरो जिपले ऐ.बस्ने कृति तामाङको छोरी बर्ष २ की नेरिमा तामाङलाई घर अगाडी हिडिरहेको अवस्थामा ठक्कर दिदा घाईते भई तत्काल सोहि जिपमा राखि उपचारको लागी प्रदेश अस्पताल लमजुङमा ल्याएको, बाहिरी चोट नदेखिएको, नाक र कानबाट रगत बगेको, जिप र जिप चालक जिल्ला लमजुङ बेसिशहर न.पा.९ बृन्दावेशी बस्ने बर्ष २९ को मदन दुलाललाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१७ रातोपहिरा बस्ने अम्बी लम्सालको निर्माणधिन घरको स्टोर कोठामा आगोलागि भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रहरी तथा स्थानीयको सहयोगमा पानी हालेर आगो ०४:०० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको, आगोलागीबाट स्टोर भित्र रहेको प्लास्टिकको पाइप, रंगको बट्टाहरु, वायरिङको तारहरु जलेर नष्ट भएको, आगो लाग्नुको कारण नखुलेको ।
जिल्ला लमजुङ मर्स्याङदी गा.पा.३ खुदि स्थितमा खुदि बाट ङादि तर्फ जादै गरेको ना ५४ प ३६६९ नं.को मोटरसाइकलले पैदल यात्री ९ बस्ने बर्ष ५५ की कल्पना थापा लाई ठक्कर दिदा घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङमा पठाईएको, दाहिने खुट्टा र टाउकोमा चोट लागेको, मोटरसाइकल र चालक ऐ. मर्स्याङदी गा.पा.२ बस्ने बर्ष २२ को सुनिल तामाङ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला न.प.(पुर्व) देवचुली न.पा.११ सातघरे स्थित बस्ने बर्ष ५० को काशीराम सुनारीको घर अगाडी रहेको १ बिघा जतिको परालको टौवामा घुर्यान पोल्ने क्रममा अचानक आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानिय र प्रहरी मिलि आगो निभाउने कार्य भईरहेको, मानविय, चौपाया क्षति नभएको, ०८:१५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको ।