प्रहरी कार्यालय
जिल्ला मनाङ नासों गा.पा.३ धारापानी स्थित बेशीसहर चामे सडक खण्ड अन्तरगत बेशीसहरबाट चामे तर्फ आउदै गरेको (मनाङ मस्याङ्दी हाईड्रो पावर प्रोजेक्टको टिपर) TATA L-PK1212 A23 नं.को (हाइड्रो पावरको सामान बोकेको) टिपर चालकले नियन्त्रण गुमाई सडकबाट ५ फिट तल खस्दा टिपर चालक जिल्ला कन्चनपुर शुक्लाफाँट न.पा.१२ बस्ने बर्ष ५१ को राम बहादुर बोहोरा सामान्य घाईते भई स्थानिय अस्पतालमा उपचार भईरहेको, टाउकोमा चोट लागेको ।
जिल्ला पर्वत पैयुँ गा.पा.४ हटिया स्मृति भबन स्थित हातेमालो चोक बाट भोर्ले तर्फ जादै गरेको ग१०प ८०३१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्ला पर्वत पैयुँ गा.पा.६ भोर्ले बस्ने बर्ष २९ को डिल बहादुर थापा घाईते भई पैँयु आधारभुत अस्पतालमा सामान्य उपचार पश्चात १०:०० बजे थप उचपारको लागी गण्डकी अस्पताल पोखरा रिफर भएको, घाईतेको बाँया आँखा नजिक, बाँया खुट्टामा चोट लागेको ।
जिल्ला कास्की पोखरा १७ बिरौटा राममन्दिर नजिक ग १५ प २०४७ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको नालीमा खस्न जादा ऐ.१७ हनुमानटोल बस्ने बर्ष २३ को बिशेष पुन घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज अस्पताल लगिएको, मुख र टाउकोमा चोट लागेको । मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा सापकोटा चोकमा याम्दीबाट मिलनचोक तर्फ जाँदै गरेको ग१५प ७३९ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई सडकको वायाँ साइडमा पल्टदा जिल्ला कास्की अन्नपुर्ण गा.पा.१ फेदी बस्ने वर्ष १९ की एन्जल गुरुङ घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको, टाउको र मुखमा चोट लागेको ।
जिल्ला मुस्ताङ थासाङ गा.पा.२ न्याउरिकोट स्थित ग १ य १२३२ नं.को पर्यटक स्कारपियो सवारी चालक जिल्ला कास्की पोखरा म.न.पा.३१ बेगनास बस्ने वर्ष ५० को सुवास सुनारले पार्कीङ गरी राख्ने क्रममा अचानक ब्रेक फेल भइ सडक भन्दा २ मिटर तल खस्न गई सल्लाको रुखमा ठक्कर खाँदा सवारी साधनको अगाडीको भागमा सामान्य क्षति भएको, मानवीय क्षति नभएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, सवारी साधनलाई ट्याक्टरको सहायताले निकाली सुरक्षित स्थानमा साइड लगाएर राखेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ छिनेडाडा स्थितमा भेडिफारमबाट छिनेडाडा तर्फ जादै गरेको बा ६९ प ४६६ नमरको मोटरसाईकल गाई संग ठक्कर खाई दुर्घटना हुदा गाई घटनास्थलमा नै मृत्यु भएको, मोटरसाईकल चालक हाल नाम थर वतन नखुलेको वर्ष २५ को पुरुष व्यक्ती घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाएको, अनुहारमा चोट, बोल्न नसक्ने, अवस्था सिरियस रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १७ घारीपाटन स्थित ग ३ प ९८९५ नम्बरको चालकले नियन्त्रण गुमाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला पाल्पा घर भई ऐ.१७ बस्ने वर्ष ५१ को लक्षु थापालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको अवस्था सामान्य रहेको ।
जिल्ला मुस्ताङ लोमान्थाङ गाउँपालिका १ बोक्थान स्थित कोरोला नाका तर्फबाट जोमसोमतर्फ आउँदै गरेको बा.प्र.०६-००४ प ३३५८ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालीका १२ आस्थाचोक बस्ने वर्ष १९ को लविन थापा,टाउकोमा चोट अवस्था सिरियस, पछाडि सवार जिल्ला नवलपरासी (पुर्व) विनयी त्रिवेणी गाउपालिका ३ उदयटाडी सर्दि बस्ने वर्ष २४ को राजेश पंगेनी बायाँ हातमा चोट अवस्था मध्यम रहेको दुवै जना घाईतेलाई जिल्ला अस्पताल जोमसोम मुस्ताङमा उपचार भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बेनीटार पृथ्वी राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका बस्ने वर्ष २२ को सरोज सुवेदीले काटुन भित्र लुकाई छिपाई प्रतिबन्धित लागुऔषध Diazepam लेखेको १५४ एम्पुल, Phenergan १५४ एम्पुल र Buprenophin १५४ एम्पुल गरी जम्मा ४६२ थान एम्पुल लागु औषध सहित निजको साथि जिल्ला कास्की पोखरा महानगरपालिका ९ घर बताउने वर्ष २० को बिकास श्रेष्ठ सहित दुबै जनालाई नियन्त्रणमा लिई आँबुखैरेनी ल्याई थप अनुसन्धान भइरहेको ।