Police Office
जिल्ला काठमाण्डौ टोखा न.पा.९ घर भई हाल जिल्ला तनहुँ देवघाट गा.पा.५ झारखानी स्थित बाजे उपेन्द्र नरसिङ अधिकारीको घरमा बस्ने बर्ष २६ को प्रसुन बिक्रम कुँवरले लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचना प्राप्त हुना साथ प्रहरी टोलि खटि गई चेकजाँच गर्दा निज सुत्ने कोठाबाट Diazepam-३ एम्पुल, Buprenorphine-३ एम्पुल,Promethozine-३, एम्पुल गरी जम्मा ९ एम्पुल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा.१६ र १७ नम्बर चोक पूर्व-पश्चिम राजमार्गमा वेल्डिहाबाट रजहर तर्फ जाँदै गरेको ग.प्र.०४-००१ह ०६२८ नं.को अटो चालकले नियन्त्रण गुमाई सडकको बिचको डिभाइडरमा ठोकिन जाँदा अटोचालक जिल्ला न.प.(पूर्व) देबचुलि न.पा.११ बस्ने वर्ष ५५ को गर्भे गुरुङ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला पर्वत कुश्मा न.पा.५ दुर्लुङचोक स्थित पोखरा-बागलुङ सडकखण्डमा शिवालयचोकबाट दुर्लुङ तर्फ जाँदै गरेको ग १ त ६६६८ नं. को ट्याक्टरसँग सोही दिशा तर्फ जाँदै गरेको ग १९ प ६७९६ नं.को स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार स्कुटर चालक जिल्ला पर्वत जलजला गा.पा.९ बनौ घर भई हाल कुश्मा न.पा.४ जिरो बस्ने वर्ष १८ को किरण फगामी मगर र पछाडी सवार जिल्ला पर्वत कुश्मा न.पा.४ जिरो बस्ने वर्ष ३१ को प्रकाश परियार घाईते भई उपचारको लागी प्रदेश अस्पताल कुश्मा पठाईएको, दुबै सवारी प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा म.न.पा. ३२ खुदीखोला बस्ने बर्ष ३६ को कबिमान थापाले लागुऔषध अबैध रुपमा लुकाइ छिपाइ राखेको छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरी टोली खटि गइ निजको आफु सुत्ने कोठामा चेकजाँच गर्ने क्रममा दराज भित्र सेतो रङको फाइबरको झोला भित्र Diazepam १२ एम्पुल, फेनारगन २६ एम्पुल र बेफिनुर्फिन २५ एम्पुल गरी जम्मा ६३ एम्पुल, REDMI MOBILE १ थान समेत बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.५ जिरो कि.मि.मा ग९प २९४२ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई सडकको डिभाईडरमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक जिल्ला न.प.(पश्चिम) बर्दघाट न.पा.१४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१५ नयाँगाँउ बस्ने वर्ष ३४ को सुमन गुरुङ घाइते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको ।
जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१ टुडीखेल स्थित देवी लम्सालले संचालन गरेको फेन्सी पसल भएको सटरमा अचानक आगोलागी भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रहरी, स्थानिय र दमकलको सहयोगमा २१:४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, जुत्ता, चप्पल र लत्ता कपडा जली क्षेती भएको, मानविय क्षती नभएको ।
जिल्ला बागलुङ बागलुङ न.पा ०२ अदालतचोक स्थितमा गोल्डेनगेटबाट ट्राफीकचोक तर्फ आउदै गरेको ध१प ६५४८ न.को स्कुटर र बिपरित दिशा तर्फबाट आउदै गरेको ध१प ७५१३ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक जिल्ला पर्वत जलजला गा.पा ०८ बस्ने बर्ष २४ को सुरज श्रेष्ठ र मोटरसाइकल चालक जिल्ला बागलुङ बागलुङ न.पा ०१ बस्ने बर्ष २३ को बिवेक राज घिमिरे दुवै चालक घाईते भई उपचारको लागी धवलागिरी प्रादेशीक अस्पताल बागलुङ पठाईएको ।