प्रहरी कार्यालय
जिल्ला कास्की पोखरा महानगरपालिका १८ चपाईचौतारा स्थित सडक खण्डमा कास्कीकोटबाट पोखरा तर्फ आउँदै गरेको ध २ प ४३१५ नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको ग २ ख १२५१ नं. को टिप्पर एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा चालक बागलुङ न.पा.३ बस्ने वर्ष ३२ को सचिन के.सी मोटरसाइकल पछाडि सवार बस्ने वर्ष ३२ को प्रदिप श्रीष, घाइते भई उपचारको लागि साहारा अस्पताल, बागलुङ बसपार्क पठाएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा अन्य अवस्था सामान्य रहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थित पृथ्वी राजमार्गमा पोखराबाट तनहुँ तर्फ जाँदै गरेको ग १० प ४९९२ न.को मोटरसाइकल सोही सडकको बाँया तर्फ रोकी रहेको ग १ क ४२०४ न.को टिपर (ढुँङ्गा लोड गरेको) पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी न.पा.१ बस्ने वर्ष ३१ को भिम बहादुर बि.क. घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको र मृत घोषणा गरिएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको, टिपर चालक सम्पर्कमा नरहेको, अन्य अवस्था सामान्य रहेको ।
जिल्ला लमजुङ मध्यनेपाल न.पा.७ भाटबेशि चिसङकु बस्ने टिकाराम बि.क.ले बिगत ५ बर्ष देखि संचालन गर्दै आएको फर्निचर उद्योगमा अचानक आगोलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई स्थानिय र प्रहरीको सहयोगमा ०४:३० बजे आगोलागी पुर्ण रुपमा नियन्त्रणमा आएको,मानविय क्षति नभएको, उद्योगमा रहेका सामान तथा उपकरणहरुमा क्षति भएको , आगो लागीको कारण नखुलेको, अनुसन्धान कार्य भइरहेको ।
जिल्ला लमजुङ बेसीशहर न.पा.१ रिठेबगर उदिपुरबाट रिठेबगर तर्फ जाँदै गरेको प्रदेश ०२०३-००१ त ५४३० नं.को खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मि. तल खस्न जाँदा उक्त ट्याक्टरको चालक जिल्ला लमजुङ बेसीशहर न.पा.१ उदिपुर ढाडगाउ बस्ने वर्ष ३१ को अहिर परियारको घटना स्थलमा नै मृत्यु भएको, ७:०० बजे मुचुल्काको कार्य पुरा गरी शव पो.मा.को लागी प्रदेश अस्पताल लमजुङ पठाईएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१७ ड्यामसाईडमा ग२५प ५८४३ नं.को मोटरसाइकल चालक ऐ.छोरेपाटन बस्ने वर्ष ४२ को सोम बहादुर परियारले नियन्त्रणा गुमाई दुर्घटना हुदा घाइते भई उपचारको लागि ०८:२० फेवासिटी अस्पताल पठाइएको, चिउडोमा चोट लागेको ।