Police Office
जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.९ केरुङ्गेखोलापुल नजिक पूर्व-पश्चिम राजमार्गमा कावासोतिबाट डण्डा तर्फ आउदै गरेको ना७प २४३१ नं.को मोटरसाइकल सडक निर्माण कार्यको लागि राखेको बल्कमा ठोक्किन गई पल्टिदा चालक एकताचोक बस्ने वर्ष ७६ तारा प्रसाद भुषालको टाउकोमा चोट लागि उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाईएको अवस्था मध्यम, मोटरसाइक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.-५ झरौटा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा दुलेगौंडाबाट खैरेनीटार तर्फ जादै गरेको ग १७ प १३८८ नम्बर को स्कुटर चालकले नियन्त्रण गुमाई सडकमा पल्टिन गई दुर्घटना हुन जादा चालक जिल्ला तनहुँ भिमाद न.पा.- २ रघु घर भएको बर्ष अं १९ को सुशान मगर घाइते भई उपचारको लागि जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा बेलचौतारामा सामान्य उपचार पश्चात् थप उपचारको लागि GMC अस्पताल पोखरा पठाईएको, अनुहारमा चोट,बोल्न सक्ने, अवस्था मध्यम सवारी प्रहरी नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा म.न.पा. १७ ड्यामसाईड जर्मन बेकरी अगाडी ग१८प ३७५२ नं.को मोटरसाइकलले पैदलयात्री देश भारत वतन भएको वर्ष ७५ को उदित प्रधानलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, टाउको र नाकमा चोट लागेको, मोटरसाइकल चालक र मोटरसाइकल जिल्ला कास्की पोखरा म.न.पा.१७ छोरेपाटन बस्ने वर्ष २४ को एलिक परियार प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा. २ प्रोवी स्थित भित्री सडक खण्डमा सम्जेबाट प्रोबी तर्फ जाँदै गरेको सुपर खुदी हाईड्रोपावर कम्पनि लिमिटेडको ग १ त ६३२३ न.को ट्याक्टर चालकले नियन्त्रण गुमाई सडक देखि १०० मिटर तल भिरमा खस्न जाँदा ट्याक्टर चालक जिल्ला लमजुङ दोर्दी गा.पा. २ अर्चलबोट घर भई सोहि कम्पनिमा काम गर्ने वर्ष २१ को अनिल सुनार घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाइएको, टाउको,दाहिने कान र दाहिने हातमा चोट लागेको ।
जिल्ला तनहुँ ब्यास न.पा.२ भोर्लेटारचोक स्थित रोयल पार्टी प्यालेसबाट ग १० प ९९२६ नं.को स्कुटर रोडमा निस्कने क्रममा चालक ऐ.४ बेदब्यास टोल बस्ने बर्ष ६५ को श्री भद्र न्यौपानेले नियन्त्रण गुमाई स्कुटर सहित नालीमा खस्न जाँदा निजको बाँया खुट्टाको गोलीगाँठामा चोट लागि उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याएकोमा थप उपचारको लागी १२:०० बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर भएको ।