Police Office
जिल्ला मुस्ताङ लोमान्थाङ गा.पा.४ कोरोला बोर्डर नजिक जोमसोम कोरोला सडक खण्डमा जोमसोमबाट बोर्डरतर्फ जाँदै गरेको ग ३ च २२५५ नं.को हाईलक्स गाडी चालकले नियन्त्रणमा गुमाई दुर्घट्ना हुँदा चालक सहित सवार ५ जना मध्ये चालक जिल्ला काठमाण्डौ तार्केश्वर न.पा.३ बस्ने वर्ष ३२ को नागमिन सुब्बाको टाउको र अनुहारमा चोट लागि घाईते भई उपचारको लागि प्रदेश अस्पताल जोमसोम पठाईएको, अन्य ४ जनालाई चोटपटक नभएको ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंका प्रशिक्षक प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा देश दर्शन तथा अवलोकन भ्रमणको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीको सांगठनिक संरचना, व्यावसायिक प्रहरी सेवा प्रवाह, गण्डकी प्रदेशको समग्र अपराधको अवस्था र सुरक्षा व्यवस्थापन लगायत भौगोलिक अवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
जिल्ला स्याङजा वालिङ न.पा.१० भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा ५ जनाको प्रहरी टोलिले पैदालयात्री जिल्ला स्याङजा पुतलीबजार न.पा.११ जाडखोला बस्ने वर्ष १८ को अग्निज गुरुङ र ऐ.१३ बडारे बस्ने अ.वर्ष १८ को अशिष वि.क.लाई शंका लागि चेकजाँच गर्ने क्रममा आशिष वि.क.ले बोकेको साईड व्यागबाट डाईजेपाम-४ एम्पुल,फेनरागन-४ एम्पुल, नुर्फिन-३, एम्पुल, सिरिन्ज-१ थान लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला स्याङ्जा पुतलीबजार न.पा.४ गुदीखोला स्थित गौरी कार्कीको घर नजिकै रहेको परालको टौवामा अचानक आगोलागि भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई प्रहरी टोली, स्थानिय र नगरपालिकाको दमकलको सहयोगमा ०६:४५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको, मानविय चौपाय क्षती नभएको, टौवामा रहेको पराल नष्ट भएको, आगोलागिको कारण नखुलेको ।
जिल्ला न.प.(पूर्व) बौदीकाली गा.पा.२ दुईघरे बस्ने बर्ष ५८ को जगनाथ ढकालको जस्तापातार र काठले बनेको गोठमा कुँडो पकाउने क्रममा अचानक आगलागि हुन जाँदा ३ वटा भैसी र २ वटा भाख्रा जली घाईते भएको र २ वटा हाते ट्याक्टरमा समेत क्षति भएको, मानबिय क्षति नभएको, अन्य क्षतिको बिबरण खुल्न बाँकी, आगलागि प्रहरी र स्थानियको सहयोगमा ०९:०० बजे नियन्त्रणमा आएको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ हलेदी पृथ्वीराजमार्गमा क्वालिटी क्रसरबाट हाईवेमा निस्किदै गरेको ग१ख ७९०६ नं.को मिनी टिप्पर र दुलेगौडाबाट कोत्रेतर्फ जाँदै गरेको ग२३प ४१९६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला स्याङ्जा हरिनाश गा.पा.७ बस्ने वर्ष २० को मुक्त बहादुर सुनार घाईते भई उपचारको लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा पठाएको, वायाँ खुट्टा र अनुहारमा चोट लागेका, दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.३० माथिल्लो गगनगौडा स्थित पोखराबाट तनहुँ जादै गरेको ग २७ प २००५ नम्बरको मोटरसाइकलले पैदलयात्री ३० गगनगौडा बस्ने वर्ष ४६ को राम प्रसाद चापागाईलाई ठक्कर दिदा घाईते भई उपचारको लागी स्थानिय पियु हस्पिटल पठाएको, बायाँ हात, खुट्टा ढाडमा चोट,अवस्था मध्यम, रहेकोमा ऐ.२२:०० बजे मणिपाल शिक्षण अस्पताल रिफर भई उपचार भई रहेकोमा आज मिति २०८२।१२।१० गते ०६:५० बजे चिकित्सक द्धारा उपचारको क्रममा मृत्यु घोषणा गरेको ।
जिल्ला कास्की रुपा गा.पा. १ खागते स्थित तालबेशी भोर्लेटार भित्री सडक खण्डमा तालबेशीबाट लम्जुङ तर्फ जादैँ गरेको ग२४प३७५८ नमरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकबाट १५ मिटर तल खस्न जाँदा मोटरसाइकल चालक जिल्ला लम्जुङ मध्य नेपाल न.पा. ६ बस्ने वर्ष ३४ को सन्तोष श्रेष्ठ घाइते भई उपचारको लागी पार्कल्याण्ड अस्पताल अमरसिंह पठाएको, अनुहारमा चोट, अवस्था सिरियस, सवारी प्रहरीको नियन्त्रणमा रहेको ।