प्रहरी कार्यालय
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ नर्सरी स्थित पृथ्वीराजमार्गमा दुलेगौडा बाट पोखरा तर्फ जादै गरेको लु ५७ प ०२६२ नं. को मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुन जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ म्याग्दे गा.पा.५ थाङ्दी बस्ने वर्ष ३९ को रेशम बि.क. घाईते भई उपचारको लागि जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएको, अनुहारमा चोट अवस्था सिरियस रहेकोमा ०५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला म्याग्दी बेनी न.पा.९ गलेश्वर स्थितमा बेनीबाट गलेश्वर तर्फ जादै गरेको गण्डकी प्रदेश ०४-००१ प ६५१२ नं. को मोटरसाइकल चालककले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला पर्वत जलजला गा.पा. ४ लुङदी बस्ने बर्ष २८ को पुष्कल पौडेल दाहीने खुट्टामा चोट लागेको र मोटरसाइकल पछाडी सवार ऐ.बस्ने बर्ष २४ को पुरन पौडेलको टाउको र दाहिने खुट्टामा चोट लागि दुवै घाइतेको प्रदेश अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरिएको, मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.९ पृथ्वीचोकमा ग१च ७७९८ नं.को कार र ग१०प ३०६३ नं.को स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ भिमाद घर भएको वर्ष २२ को सुबिन श्रेष्ठको खुट्टामा चोट लागेको, उपचारको लागि मेडिसिटी अस्पताल पठाइएको, अवस्था सामान्य रहेको, दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क स्थित ग १ ज ५३४१ नं.को ट्याक्सी र ग २३ प १९०१ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.१९ जैमुरे बस्ने बर्ष २१ को विशवन्त गुरुङ घाइते भई उपचारको लागि फिस्टेल अस्पताल ल्याएको, अनुहार र दुबै खुट्टामा चोट लागेको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.४ चिप्लेढुङ्गा पोखरा ११ रानीपौवा बस्ने राम कृष्ण श्रेष्ठले संचालन गरेको डाँडाघरे दोहोरी साझमा अचानक आगोलागि भएको भन्ने सुचना प्राप्त हुनसाथ जि.प्र.का.कास्कीबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा ०५:४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय क्षति नभएको, आगोलागीबाट झ्याल, ढोका, फ्रिज, फर्निचर लगायत अन्य मदिरा जन्य सामग्रीहरु जलेर क्षति भएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ६ लेकसाईड 8 N0 Street स्थितमा ग २१ प १५२१ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा.१३ बाझापाटन बस्ने वर्ष २५ को अनिश गुरुङ घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाइएको, टाउको र छातीमा चोट लागेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा अस्थाइ प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलिले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौ बाट गोरखा तर्फ आउदै गरेको बा.प्र.०१.००६ ख.३९७६ नं.को बसमा सवार जिल्ला गोरखा नगरपालिका वडा नं.६ हरामटारी चोक बस्ने अनिल अधिकारीले चाउचाउको काटुनमा लुकाई छिपाई ल्याएको लागु औषध.Tramadol लेखेको ५८८ पत्ता (५८८० क्यप्सुल) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा-१७ वरकोबोट स्थित बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८८०९ नं. EV भ्यानमा सवार यात्रुले लागुऔषध ल्याउदै गरेको भनि गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट खटिएको प्रहरी टोली र जिप्रका कास्की बाट खटिएको प्रहरीले उक्त भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा सवार जिल्ला म्याग्दी घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष २६ की एलिना पुनले बोकेको कालो ब्यागमा बुर्फिन १४४ एम्पुल, फेनरागन १४२ एम्पुल, डाईजापाम १४३ एम्पुल गरि जम्मा ४२९ एम्पुल लागुऔषध सहित निज संग साथमा रहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक बस्ने वर्ष ४१ को सन्तोष गुरुङ र जिल्ला कास्की अन्नपूर्ण गा.पा. घर भई हाल पोखरा २ मिरुवा बस्ने वर्ष ३१ को सुजन गुरुङ लाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की पठाएको ।
जिल्ला न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा हरियानाबाट काठमाण्डौ तर्फ जाँदै गरेको HR38AB 7413 नं.को भारतिय ट्रक र बिरगंजबाट भैरहवा तर्फ आउँदै गरेको लु१ख ६६८३ नं.को ट्याङकर एक आपसमा ठक्कर खान जाँदा भारतिय ट्रक चालक देश भारत उत्तर प्रदेश जिल्ला सितापुर थाना मोहउली बस्ने वर्ष ४३ को मनोज सिंह घाईते भई उपचारको लागि दुम्किबास स्वास्थ्य चौकी पठाईएको, वायाँ खुट्टामा चोट लागेको, दुबै सवारी साधन घटनास्थलमा नै रहेको, ट्याङकर चालक प्रहरी नियन्त्रमा रहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.१ रामरेखा झोलुङगे पुल स्थित मध्य पहाडी लोकमार्गमा मालढुङगाबाट बागलुङ बजार तर्फ आउदै गरेको ग२च ३९ नं.को खाद्यान्न बोकेको बोलेरो जिपले साइड दिने क्रममा पैदल यात्री जिल्ला बागलुङ बागलुङ न.पा.१ रामरेखा बस्ने तेज बहादुर रानाको छोरी बर्ष २० की तनिशा रानालाई ठक्कर दिई घाईते भई उपचारको लागी धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको, सवारी साधन सडकको नालीमा पल्टिएको, चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा मिलनचोकमा पोखराबाट बागलुङ तर्फ जाँदै गरेको ग१५प ४९२२ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा मोटरसाइकलमा सावर जिल्ला बागलुङ जैमिनी न.पा. ३ कालापाटन बस्ने वर्ष २९ को सुजन छन्त्याल र पछाडि सवार ऐ. बस्ने वर्ष २९ को नेत्र बहिक घाईते भई उपचारको लागि फिस्टेल अस्पताल पठाइएको ।