Police Office
जिल्ला कास्की पोखरा म.न.पा.४ मानव अधिकारचोकमा रहेको RK बिल्डिङको तेस्रो तलामा कुमार गुरुङले संचालन गर्दै आएको रुपा हिल दोहोरी साँझको किचन कोठामा विद्युतको तार सट भई आगोलागि भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा ०५:४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, १ थान AC, १ थान फ्रिज, ३ थान सोफा र बिभिन्न ब्राण्डका रक्सीहरु जली क्षती भएको, मानवीय क्षती नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा.४ नबिल स्कुल स्थित नं.नखुलेको स्कुटरले पैदलयात्री जिल्ला कास्की पोखरा म.न.पा.३२ तल्लो गगनगौडा बस्ने वर्ष २० की एलिना रेग्मीलाई ठक्कर दिंदा घाइते भई उपचारको लागी फिस्टेल अस्पताल पठाइएको, टाउको, अनुहार र बायाँ खुट्टामा चोट लागेको, ठक्कर दिने स्कुटर फरार रहेको, खोजतलास कार्य भइरहेको ।
जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा. १६ गा.वि.स. चोक स्थित पूर्व-पश्चिम राजमार्ग नारायणगढबाट कावासोती तर्फ जाँदै गरेको बा.प्र.०२-०४० प ३२६७ नं. को मोटरसाइकल र बाटो क्रश गर्दै गरेको बा.प्र. ०३-००२ प ५२२१ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक ऐ. बस्ने बर्ष ३३ की कौसिला थापाको हात, खुट्टा र अनुहारमा चोट लागेको र मोटरसाइकल चालक जिल्ला लमजुङ वेँसीशहर गा.पा. ७ बस्ने वर्ष २१ को प्रबिन गुरुङ को अनुहारमा र दाहिने खुट्टामा चोट लागि घाईते भइ दुबै जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको ।
जिल्ला गोरखा चुम्नुब्री गा.पा. २ सियो स्थित पेम्बा छिरिङ लामा र लाक्पा नुर्बु लामाको ढुङ्गा माटो र काठले बनेको २ तले टिनले छाएको कच्ची घरमा आगोलागी भएको भन्ने खबर हुनासाथ प्रहरी टोली खटि गई आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, २ घर पुर्ण रुपमा क्षति मानबिय तथा चौपाय क्षति नभएको, आगोलागीको कारण नखुलेको ।
जिल्ला तनहुँ व्यास न.पा.११ शान्तिचोक स्थितमा भित्री सडकखण्डमा ग६प ९६७४ नं. मोटरसाइकलले पैदलयात्री ऐ.बस्ने वर्ष ४० की शर्मिला अधिकारीलाई ठक्कर दिई घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएको, बायाँ खुट्टामा चोट लागेको, ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेकोमा ०९:१० बजे मोटरसाइकल चालक नियन्त्रणमा लिएको, मोटरसाइकल चालक ऐ.बस्ने वर्ष २४ को संगम तामाङ दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको, उपचारको लागि प्रदेश अस्पताल पठाईएको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा चितवनबाट पोखरा तर्फ आउँदै गरेको ग२ख १९२० नं.को यात्रुवाहक बसमा सवार जिल्ला बागलुङ जैमुनी न.पा.१ बस्ने वर्ष २२ को मिन बहादुर शाहीले पछाडी भिर्ने सेतो रङको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल-९० क्याप्सुल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मिति २०८२।०५।१२ गते जिल्ला कास्की पोखरा म.न.पा.८ जाल्पारोडमा ग२च २४७० नम्बरको कार र ग८प ५४६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा.१३ माझापाटन बस्ने वर्ष २१ को जेशिस गुरुङ घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज ल्याएको अवस्था मध्यम, सवारी साधन जि.ट्रा.प्र.का.कास्कीको नियन्त्रणमा ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ झरौटा पृथ्वीराजमार्गमा ऐ. ७ भोटेपानी बाट दुलेगौडा तर्फ आउदै गरेको ग१४प १८६९ नं.को NS पल्सर मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकको वायाँ साइडमा पल्टना जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ भिमाद न.पा.८ बस्ने वर्ष २९ को बल बहादुर आले र पछाडि सवार जिल्ला गुल्मी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ दुलेगौडा रिमाल हार्डवयरमा काम गर्ने वर्ष २६ को बविन खासु मगर घाइते भई उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पाठाइएको ।
जिल्ला बागलुङ गलकोट न.पा.५ जोइकुटी भित्री सडक खण्डमा हरिचौरबाट हटिया तर्फ जादै गरेको गलकोट बहुमुखी क्याम्पसको बिद्यार्थी सवार भ्यान सडक देखि ७ मिटर तल खस्न जादा ७ जना सवार मानिस घाईते भई उपचारको लागि गलकोट नगर अस्पताल बागलुङ पठाएको, सवारी साधन घटना स्थलमा नै रहेको, बाटो अवरोध नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१४ चाउथे घर भई ऐ.५ जिरो कि.मि.बस्ने वर्ष २२ को दिपेन्द्र पुनले लागुऔषध कारोबार गरी रहेको छ भन्ने सूचना प्राप्त हुनासाथ लागुऔषध नियन्त्रण व्युरो पोखराबाट र जि.प्र.का.कास्कीबाट खटिएको संयुक्त टोलीले निजलाई चेकजाँच गर्दा लागु औषध र सामान फेला पारी लागऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला गोरखा गोरखा न.पा.१३ चारकिलोमा आँबुखैरेनीबाट गोरखा तर्फ आउदै गरेको बागमति प्रदेश ०३ ०२-१०प ६८६७ नं.को मोटरसाइकल अनियन्त्रीत भई सडक देखि २०० मिटर तल खस्न जाँदा मोटरसाइकलमा सवार २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगई चालक र पछाडी सवार सडक छेउमै खसी घाइते भई उपचारको लागि जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.अस्पतालको लागि पठाएको, मोटरसाइकल फेला नपरेको खोजतलास कार्य भइरहेको ।