Police Office
जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा.२७ डाडाकोनाक स्थित पृथ्वी राजमार्गमा खटिएको चेकिङ टोलीले तालचोकबाट अर्घौचोक तर्फ जादै गरेको ग १० प २४३१ नं. को स्कुटर लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिकी भित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा बुर्फिनुर्फिन ५ एम्पुल, फेनारागन ५ एम्पुल, डाइजेपाम १ एम्पुल गरी जम्मा ११ एम्पुल लागुऔषध फेला पारी लागुऔषध सहित स्कुटर र चालक जिल्ला कास्की पोखरा म.न.पा. २७ रिठ्ठेपानी बस्ने बर्ष २३ की सुस्मिता गुरुङ लाई नियन्त्रणमा लिई अनुसन्धानको भइरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा. १७ डेभिड फल्स स्थित ७ रत्नचोक बस्ने वर्ष ५८ को शिव प्रसाद श्रेष्ठले संचालन गरेको Si store and Handcrafted Garment कपडा पसल २ वटा सटरमा अचानक आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई दमकल र प्रहरीको सहयोगमा ऐ.०३:१४ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, आगोलागीबाट २ वटा सटरमा भएका कपडाहरु कष्मेटिकका सामाग्रीहरु जली नष्ट भएको, आगोलागीको कारण नखुलेको ।
जिल्ला तनहुँ व्यास न.पा.४ भोर्लेटार चोक पृथ्वीराजमार्गमा हिडि रहेको अवस्थामा जिल्ला तनहुँ व्यास न.पा.११ डिगाउँ बस्ने वर्ष २७ को ईनाम गुरुङलाई शंका लागि चेकजाँच गर्ने क्रममा शरिरमा लुकाई छिपाई राखेको Diazepam ६ एम्पुल, Buprenorphine ६, एम्पुल Phenergan ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा स्थित गौरी शंकर मा.बि.को परिसरमा रहेको ऐ.२४ कास्कीकोट बस्ने वर्ष ४० को जिवनाथ सुबेदीले संचालन गरेको क्यान्टिन खाजा घरमा अचानक ग्याँस सिलिण्डर लिंक भई आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई प्रहरी र स्थानीयको सहयोगमा १०:३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, उक्त आगोलागीबाट क्यान्टिन भित्र रहेका सामानहरु तथा खाद्यान्न पुर्ण रुपमा जलेको ।
जिल्ला मुस्ताङ लोमान्थाङ गा.पा.४ कोरोला बोर्डर नजिक जोमसोम कोरोला सडक खण्डमा जोमसोमबाट बोर्डरतर्फ जाँदै गरेको ग ३ च २२५५ नं.को हाईलक्स गाडी चालकले नियन्त्रणमा गुमाई दुर्घट्ना हुँदा चालक सहित सवार ५ जना मध्ये चालक जिल्ला काठमाण्डौ तार्केश्वर न.पा.३ बस्ने वर्ष ३२ को नागमिन सुब्बाको टाउको र अनुहारमा चोट लागि घाईते भई उपचारको लागि प्रदेश अस्पताल जोमसोम पठाईएको, अवस्था मध्यम रहेको, अन्य ४ जनालाई चोटपटक नभएको, गाडिमा घट्नास्थलमा रहेको ।
जिल्ला कास्की पोखरा १९ पुरनचौर स्थित टाकुरा बस्ने रेमनाथ बास्तोलाको टिनले छाएको गोठमा बिद्युत सर्ट भई आगो लागि भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटि गई स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगो निभाउने कार्य भई रहेकोमा ०८ गते ०१:३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको, भैसीको पाडो जली मृत्यु भएको, भैसी आंशिक रुपमा जली घाइते भएको, गोठ जली पुर्ण रुपमा क्षति भएको, गोठमा रहेको लत्ता कपडा, भाडा कुडाँ र २० भारी पराल जली नष्ट भएको, मानविय क्षति नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्वीचोक स्थित CRV पृथ्वीचोक बाट खटिएको टोलीले शंकास्पद रूपमा हिडिरहेको व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा जिल्ला कास्की पोखरा म.न.पा. १७ बस्ने वर्ष ४२ को मनोज आले मगर र जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष २८ को सन्देश गुरुङको साथबाट डाइजोपाम ४ एमफुल, फेनेरागन ४ एमफुल, नर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल अवैध लागु औषध र १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।