प्रहरी कार्यालय
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.१ झारकोट स्थित मुक्तिनाथ कागबेनी सडक खण्डमा मुक्तिनाथबाट कागबेनीतर्फ जादै गरेको म.प्र.०३-००१ त ८९२८ नं.को ट्याक्टरलाई सोही दिशाबाट पछाडी जादै गरेको ग १ त ७५९७ नं.को ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा ग १ त ७५९७ नं.को ट्याक्टरको अगाडीको भागमा क्षति भएको, मानविय क्षति नभएको ।
जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुवारी स्थित भित्रि सडक खण्डमा जुगेपानीबाट गिरुवारी तर्फ जादै गरेको नं. नखुलेको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक ऐ.गिरुवारी बस्ने वर्ष १८ को समिर थापा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेको, टाउकोमा चोट लागेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला मनाङ ङिस्याङ गा.पा. ४ मनाङ गेट स्थित चामे खाङसार सडक खण्डमा मुन्चे बाट मनाङ तर्फ आउदै गरेको ग ७ प २६७९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जादा मोटरसाइकल चालक जिल्ला मनाङ ङिस्याङ गा.पा.५ मुन्चे बस्ने वर्ष २० को पेम्बा छिरिङ बि.क. को टाउको, दायाँ खुट्टा र दायाँ हातमा चोट लागि घाईते भई हिमालय उद्दार संघ मनाङमा उपचार भईरहेको, मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१७ बरचुली मन्दिर नजिक पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट नेपालगञ्ज तर्फ आउँदै गरेको से१च १२७१नं.को बलेरो जिपले पैदलयात्री जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१७ बस्ने वर्ष ३५ की भिभा थापालाई ठक्कर दिँदा बाँया खुट्टा, टाउकोमा चोट लागेको, उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुर चितवन पठाईएको, गाडी र गाडी चालक प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला न.प.(पूर्व) कावासोती न.पा.१५ बुन्द्रो स्थित बस्ने मन बहादुर श्रेष्ठको घर अगाडी रहेको निजको परालको टौवामा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई, स्थानीय र दमकलले आगो निभाउने कार्य भईरहेको, आगो लाग्नुको कारण नखुलेको, आगलागी ०५;२० बजेको समयमा नियन्त्रणमा आएको, मानविय र चौपाय क्षती नभएको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ नाला स्थित पृथ्बि राजमार्गमा नालाबाट डुम्रे तर्फ जादै गरेको ग.प्र.००३-००१ प ०५६८ नं.को मोटरसाइकल अनियन्त्रित भई सडकको बिचमा राखेको डिभाईडरमा ठक्कर खान गई दुर्घटना हुदाँ मोटरसाइकल चालक ऐ.नाला बस्ने वर्ष ३६ को बिनोद पोख्रेल घाईते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगेकोमा सामान्य उपचार पश्वात थप उपचारको लागि CMC अस्पताल भरतपुर चितवन रिफर गरिएको, टाउकोमा चोट लागेको ।