Police Office
जिल्ला कास्की पोखरा म.न.पा.५ जिरो कि.मि.स्थित पार्किङ गरी राखेको विद्युतीय तार अण्डर ग्राउण्ड बनाउनको लागि खन्न प्रयोग गर्ने APOLO कम्पनिको A950 नम्बर को मेसिनमा जिरो कि.मि.बाट सिर्जनाचोक तर्फ जादै गरेको ग१६प ३९९ नम्बर को मोटरसाइकल पछाडी भागमा ठोकिन गई दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला स्याङजा फेदिखोला गा.पा.२ घर भएको वर्ष २६ को सुजन कार्की घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको टाउकोमा चोट अवस्था सिरियस, मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।
जि.न.प.(पूर्व) गैंडाकोट न.पा.१३ बेल्डिहा चोक स्थित पूर्व-पश्चिम राजमार्गमा अमरापुरी चोकबाट बेल्डिहा तर्फ आउदै गरेको ईभि कारले साईकलयात्री जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा.१५ बस्ने वर्ष ३४ की मिना अधिकारी चापागाईलाई ठक्कर दिदा घाईते भई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाएको, कार र चालक जिल्ला पाल्पा तिनहु गा.पा.६ बस्ने वर्ष २५ को रबिन बगाले मगर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।